YouTube Link

बढ्दो तापमानका कारण विश्वभर विपद्ले मानव जाति ठूलो संकटमा रहेको वैज्ञानिकहरुको निष्कर्ष

झण्डै १४ हजार वैज्ञानिक अध्ययनलाई आधार बनाएर तयार गरिएको प्रतिवेदनमा सन् २०३० सम्ममा पृथ्वीको तापमान १ दशमलव ५ डिग्री सेन्टिग्रेडले बढ्ने चेतावनी

Facebook Link

एजेन्सी: विश्वव्यापी तापमान वृद्धिले मानवजातीले भयंकर ठूलो संकटको सामना गर्नुपर्ने संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ ।

 

जलबायु परिवर्तनका सम्बन्धमा संयुक्त राष्ट्र संघको अन्तरसरकारी अध्ययन समितिले गरेको अध्ययनले विश्वव्यापी तापमान वृद्धिमा मानवजाति नै जिम्मेवार रहेको समेत ठहर गरेको छ ।

 

झण्डै १४ हजार वैज्ञानिक अध्ययनलाई आधार बनाएर तयार गरिएको प्रतिवेदनमा सन् २०३० सम्ममा पृथ्वीको तापमान १ दशमलव ५ डिग्री सेन्टिग्रेडले बढ्ने चेतावनी दिएको छ ।

 

बढ्दो तापमानका कारण विश्वभरमा मौसमसँग जोडिएका विपद्ले गम्भीर आपतका घटनाहरु सामने आउने प्रतिवेदनमा उल्लेख छ ।

 

वायुमण्डललाई तताउने ग्यासको उत्सर्जन जुन रुपले भइरहेको छ त्यसले गर्दा अबको दुई दशकमै तापमानले सीमा नाघ्ने वैज्ञानिकहरुको निष्कर्ष छ ।

 

यो शताब्दीको अन्त्यसम्ममा समुन्द्रको जलस्तर लगभग दुई मिटर बढ्ने प्रतिवेदनमा औंल्याइएको छ । मावनजातिले भोग्नु पर्ने संकटसँगै वैज्ञानिकहरुले कार्बन उत्सर्जनमा ब्यापक कटौती गर्नसके तापमानलाई स्थिर गर्न सक्ने आशा पनि औंल्याएका छन् ।

 

४२ पानाको प्रतिवेदन नीति–निर्माताहरुका लागि मार्गदर्शक साराशंको रुपमा पनि लिइएको छ । यसलाई आगामी महिनामा आउने सिलसिलेवार कयौं प्रतिवेदनको एक कडीमा रुपमा लिँदै ग्लासगोमा हुन गइरहेको जलवायु सम्मेलनको लागि पनि अर्थपूर्ण हुने बताइएको छ ।

 

अनुसन्धानमूलक केही दस्तबेजहरुले मानवजातीको असावधानीपूर्ण क्रियाकलापले पर्यावरणमा पुर्याएको क्षतिलाई हजारौं वर्षमा पनि भरपाइ गर्न नसकिने उल्लेख गरिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...