हेर्नुहोस् तपाईको आज २०७८ असार १६ गते बुधबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ असार १६ बुधवार ०८:१४
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन उत्साहमय हुनेछ, गरेका कार्यको उपलब्धिले स्फूर्ति बढने, आर्थिक लाभ हुने, मित्र भेट वा मित्र बाट फाइदा प्राप्त हुने । परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । नयाँ कार्यको योजना बन्ने अथवा आय स्रोतको नयाँ कार्यक्रम बन्ने सम्भावना छ, कतैबाट शुभ समाचार पनि आउन सक्ला । व्यापारी व्यवसायी वर्गलाई दिन राम्रो छ, निवेशको लागि समय उत्तम छ । कसै कसैलाई आज स्वादिलो भोजन, भोग विलास र रमाइलोमा सहभागि हुने सम्भावना बन्न सक्छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ईच्छित फल पाउने अथवा शुभ समाचार आउने सम्भावना छ । सन्तति सुख, धन लाभ, कार्यमा सफलता एवम् बौद्धिक, आर्थिक तथा सामाजिक पक्षमा उन्नति हुने योग छ । प्रतिद्वन्दीहरु भन्दा अगाडि भइने छ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन चाहनु भएको छ भने समय राम्रो छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन अनुकुल नरहन सक्छ, अनावश्यक खर्च, आफूबाट गलत कार्य भइदिने, मनमा पापवृत्ति बढन सक्ने, प्रशासनिक तनावमा फस्न सक्ने, दाम्पत्य सुखमा कमी आउन सक्छ । मान प्रतिष्ठा मा आघात पर्ला । कसै कसै लाई परिवार भित्र कष्टदायी स्थिती पनि आउन सक्छ । संगतले हानी पुरयाउने योग छ । विचार गर्नुहोला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन प्रतिकुल रहन सक्छ, कुटुम्ब हानी, संचित धनमा नोक्सानी, शत्रु बढने, निरर्थक भयले सताउने, खानपानको गडबडी, स्वास्थ्यमा समस्या, अनावश्यक खर्च, झगडा, मित्रसँग विवाद, दाम्पत्य सुखमा कमी, मानसिक चिन्ता, चोटपटक दुर्घटना जस्ता अनिष्ट फलहरु घटन सक्ने सम्भावन भएकोले आज सचेत रहनु पर्नेछ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय अनुकुल रहने छ । शारिरिक निरोगिता, बिना व्यवधान कार्यहरु सम्पन्न हुने, मान सम्मानको प्राप्ति, धन लाभ, वैवाहिक सुख, उत्तम भोजन, व्यवसायीक लाभ, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त, दाम्पतय सुख, मनोरन्जनमा समय बित्नेछ । रिस गर्नेहरु निसहाय हुनेछन् ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन राम्रो रहनेछ । आर्थिक लाभ, शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्य सुख, भोग विलाश तथा शयन सुखमा रुचि जाने, आदर सत्कार पाइने, पारिवारिक सुख मिल्ने, रिस गर्नेहरु परास्त हुने, प्रशासनिक मामिला लगायत अन्य विविध कुराहरुमा सुसमाचार आउने सम्भावना छ । लामो यात्रा गरिने अवस्था आयो भने सचेत रहनुहोला, समग्रमा दिन शुभ रहनेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सचेत हुनुपर्ने समय चलेको छ । कार्यमा विध्न बाधा व्यवधानहरु आउला । धन हानी, कर्ममा गतिरोध , मानसिक खिन्नता बढन जाने र अनादरको भागि बन्नु पर्ने अवस्था पनि नआउला भन्न सकिन्न । ससाना घाउचोटपटकको भय, पारिवारिक सुखमा बाधा, स्वास्थ्य हानी, सोचेको आँटेको काम पुरा नहुने, व्यर्थमै अलमलिने खालको दिन बन्न सक्ने तर्फ सचेत रहनु पर्नेछ । सन्तान, शुभचिन्तक, छिमेकी अथवा मित्रहरुसँगको विवाद हुन सक्ने भएकोले आज मौन बस्नु होला ।
दिन प्रतिकुल रहला । धन हानी, मित्र हानी, आफन्त हानी, बन्धुकुटुम्बबिच सम्पत्ति विवादको कारणले वैमनस्यता बढने सम्भावना छ, रोग, चिन्ता र भयले आक्रान्त पार्न सक्छ, पारिवारिक कलहबाट टाढा रहनहोला, कार्यस्थलमा गतिरोध रहने, सरकारी काम वा प्रशासनिक कार्यमा झमेला आउन सक्ने, मान सम्मान र उपलब्धिमा निराशा हात लाग्ने सम्भावना छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन शुभफलदायी रहनेछ । भाग्यले साथ दिनेछ । आरोग्य र यश वृद्धि, आत्मविश्वास बढने, आर्थिक लाभ हुने, मित्र, भाइ बन्धुहरुबाट सहयोग पाइने, गरेका कार्यहरु सफल हुने, प्रतिस्पर्धिहरु परास्त हुनेछन् । दाम्पत्य जीवनमा सुख मिल्ला, प्राविधिक क्षेत्रमा संलग्न हुनेहरुलाइ दिन राम्रो रहनेछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय अनूकूल नरहला । मानसिक असन्तोष वा खिन्नता उत्पन्न हुने खालको दिन छ । गरेको काममा बाधा आउने वा ढिलो हुन सक्ने, पारिवारिक समस्या बल्झने, कुटुम्बसँग मनमुटाव बढन सक्ने, सन्तान पक्षमा ध्यान दिनु होला, विद्यार्थीहरुको लागि दिन प्रतिकुल छ, जथाभावी खानपान अथवा मौसमको कारणले स्वास्थ्यमा प्रतिकुलता आउन सक्ला, बोल्दा होश पुरयाउनु भएन भने समस्या निम्तिन सक्छ, कसै कसैलाई आज प्रशासनिक पक्षबाट पनि समस्या निम्तिन सक्छ ।
दिन लाभदायक रहनेछ, शरीरमा जोश जाँगर बढने, सकारात्मक विचार र उत्साहले मनोबल मा बृद्धि हुनेछ । लाभ, मान सम्मान प्राप्ति हुने योग छ । फरक खालको वा विशेष खानपीन हुनसक्ने, रमाइलो जमघटमा सहभागी भइने, घरायसी चिन्ता र सुखमा ध्यान जान सक्ने, अविवाहितहरुले विवाहको लागि प्रयास गर्नलाई समय अनुकुल छ, व्यापार व्यवसायमा शुभ परिवर्तन अथवा शूरुवात गर्ने राम्रो वातावरण बन्न सक्छ, अचल सम्पत्ति लाई धितो राखेर व्यवसायमा लगानी गर्न सकिने सम्भावना छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय त्यति राम्रो नभइदेला । एक प्रकारको चिन्ता र भयले सताउने, आलस्य बढने, कुरा काटन मन लाग्ने, मानसिक तनाव जस्ता कुराले मन विचलीत हुन सक्छ, वृत्ति व्यवसायमा संकट आउने वा कम लाभ हुने, आर्थिक पक्षमा गिरावट आइदेला, यात्रामा कष्ट वा घाउचोटपटक, आफन्तमा वैरभाव र विवाद उत्पन्न हुन सक्ला, कसै कसैलाई अपमानको भागि बन्नुपर्ने अथवा जागीर नै छोडनु पर्ने जस्ता नकारात्मक फल प्राप्त हुन सक्छन् । आत्मबललाई कायम राख्दै ध्यान पूर्वक रणनिती बनाएर अगाडि बढनु होला ।