सिभिल बैंकको एटिएम सेवा ३ दिनसम्म पूर्ण रुपले बन्द हुने
वि.सं.२०७८ असार १५ मंगलवार १६:४७
2.2K
shares
काठमाडौं: सिभिल बैंकको एटिएम सेवा पूर्ण रुपले बन्द हुने भएको छ । बैंकले एटिएम स्विच अपग्रेड गर्न लागेको हुँदा ३ दिनसम्म एटिएम सेवा बन्द हुने भएको हो ।
बैंकले एक सूचना जारी गर्दै एटिएम स्विच स्तरोन्नति गर्न लागिएकोले भोलि असार १६ गते, साँझ ५ बजे देखि आषाढ १८ गते बिहान ५ बजे सम्म एटिएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुने बैंकले जनाएको छ ।
त्यस्तै सो मिति पश्चात पनि सिभिल बैंकको एटिएम टर्मिनलहरु क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकोले असार १८ गते देखि आसार मसान्तसम्म एटिएम टर्मिनलहरु अवरुद्ध हुन सक्ने बैंकले सूचनामा उल्लेख गरेको छ ।
बैंकको कार्डलेस क्यास सुविधा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैंकले जनाएको छ । थप जानकारीका लागि नजिकको शाखामा अथवा बैंकको ग्राहक सहायता केन्द्र (कल सेन्टर) नम्बर ९८४०००३८६४, ९८४०००४७९१ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

यो पनी पढ्नुहोस् :
देशभर धान रोपाईं हुने क्षेत्रफलमध्ये २७ प्रतिशतमा धान रोपाइँ सम्पन्न
वि.सं.२०७८ असार १५ मंगलवार १६:४७



















