हेर्नुहोस् तपाईको आज २०७७ जेठ १२ गते बुधबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ जेठ १२ बुधवार ०७:१४
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन राम्रो रहनेछ, सुख शान्ति प्राप्त हुने, विवादमा सफलता पाइने, शत्रुबाधाबाट मुक्त भइने, कतैबाट धन अथवा सामाग्रीको प्राप्ति योग पनि बनिरहेको छ, नजिकका व्यक्तिहरुबाट माया प्रेम पाइने अथवा आफूले अभिव्यक्त गर्न सकिने सम्भावना छ । साझेदारी कार्यमा लाभ लिने खालको दिन छ, विवाहसम्बन्धि आइरहेका अप्ठयाराहरुलाई आज समाधान गर्ने अवसरको रुपमा लिनुहोला ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन लाभदायक रहने छ, अचानक धन लाभको स्थिति बन्न सक्छ, कार्यहरुमा सफलता, स्वास्थ्य राम्रो रहने, मनोरन्जनमा समय बित्न सक्ने, स्त्रि सहवास वा रति सुखको प्राप्ति, सन्तानको प्रगति, बन्धुजनबाट सुख, लगायत मन प्रफुल्लित हुने खालका क्रियाकलाप हुन सक्छन । कसै कसैलाई आफनै घरमा पाहुना सत्कार, भोज भतेर अथवा परिकारजन्य खानपानमा व्यस्त हुनु पर्ने अवस्था आउन सक्छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन सोचे जस्तो नहुने योग छ, अशान्ति वा शोक वा चिन्ताले गाँज्ने, कार्य हानी, मार्गमा हानी, उचित सल्लाह र सुझाव दिन नसक्ने हालत हुने, तथा कुनै कुराप्रति अनावश्यक आसक्ति बढन जाने योग छ, कसै कसैलाई कामुकतामा अत्यधिक वृद्धि हुन सक्छ, शारिरिक कष्ट, स्वास्थ्यमा बाधा वा धपेडी पर्ने योग रहेकोले बिशेष सावधानी अपनाउनु होला, लामो छोटो यात्रा गर्दै हुनुहुन्छ भने आज ख्याल गर्नुहोला, यात्रा कष्टदायी हुन सक्छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन अनूकूल छैन । मन अस्थिर वा चन्चल रहने, कुनै कुराको भयले सताउने, शारिरिक पिडा वा छातिमा विकार आउने, आफन्त बन्धु बान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने । खानपानको समय तथा निद्रामा असुविधा आउने, कसैकसैलाइ सामाजिक रुपमा अपमान हुनुपर्ने अथवा जल तथा महिलावर्गबाट पिडा प्राप्त हुने योग चलेको छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन सुखद रहने छ । तँपाइको धैर्यले आज तँपाइलाइ मन प्रसन्न गराइ सुख प्रदान गर्नेछ । अप्ठयारो कुराहरुबाट विजय प्राप्त हुने, आर्थिक लाभ, वस्त्र तथा अन्य भौतिक सामग्रीहरु सम्बन्धि सुख प्राप्ति, शत्रुबाधा हटने, स्वास्थ्य उत्तम रहने, प्रेमिकाहरुसँग सहवास सुख प्राप्त हुने, बन्धु तथा आफन्तहरुबाट लाभ प्राप्त हुने, अन्य व्यक्तिहरुसँग सम्पर्क बढनुको साथै भाग्यमा वृद्धि हुने योग छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन प्रतिकुल छ । चन्द्रमाको भ्रमणले मानसिक असन्तोष दिन सक्छ, नेत्र पिडा हुने अथवा कुनै स्वास्थ्य सम्बन्धि समस्या आउन सक्ने, खानपान वा भोजनमा असुविधा हुने, गलत कर्मतिर वा सोचतिर मन जान सक्ने तथा विद्यामा रुचि नहुने योग चलेको छ । कामहरु बिग्रन सक्ने भएकोले कर्म क्षेत्रमा अलि सावधानि अपनाउनु होला, आज आफनो नजीकका सँग विवादबाट बच्नु होला, कसैको पक्ष मा नलाग्नु नै बेश हुनेछ, तँपाइको रिस गर्नेहरु बढन सक्छन, लगानी सम्बन्धि कार्यलाइ आज अगाडि नबढाउनु भएमा राम्रो ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन राम्रो हुनेछ, भाग्यले साथ दिने, रोगव्याधिबााट मुक्ति, भोग विलास, शैया सुख तथा विविध सुखको प्राप्ति, मित्रहरुबाट फाइदा हुने तथा लाभ र मान सम्मान प्राप्त हुने योग छ । फरक खालको वा विशेष खानपीन हुनसक्ने, रमाइलो जमघटमा सरीक हुन पाइने, अथवा आदर सत्कारमा सरीक हुन पाइने सम्भावना पनि छ । आज दाम्पत्य सुखको साथै घरायसी सुखमा ध्यान जान सक्ने, स्त्री सम्भोगको अवसर प्राप्त हुने, उपहार आदि वा धनको प्राप्ति हुनुको साथै व्यवसायिक लाभ मिल्ने खालको दिन छ । उमेर पुगेका अविवाहित हुनु हुन्छ भने विवाह सम्बन्धि कुराहरु चल्न सक्ने सम्भावना पनि छ, व्यवसायी वर्गलाई दिन राम्रो रहनेछ ।
दिन अनुकुल छैन , कामहरु बिग्रन सक्ने भएकोले कर्म क्षेत्रमा अलि सावधानि अपनाउनु होला, आज आफनो नजीकका सँग विवादबाट बच्नु होला, कसैको पक्ष मा नलाग्नु नै बेश हुनेछ, अनावश्यक खर्च, धन हानी, शोक वा कष्ट पर्ने, मानसिक तथा शारिरिक व्यथाले सताउने, गरेको जस नपाइने वा कामको कदर नहुने योग छ । नाता कुटुम्बी अथवा सन्तानहरुबाट घृणा पाइने वा सहयोग नपाइने सम्भावना छ । लगानीलाइ समय प्रतिकुल छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन शुभ रहनेछ । प्रफुल्लित मन महत्वकांक्षा पूर्ति तिर अग्रसर रहने छ । आय आम्दानीमा वृद्धि, ईच्छित फल पाइने, महिलावर्गबाट लाभ मिल्ने । धन तथा द्रव्य लाभ, भौतिक तथा मानसिक सुखको प्राप्ति, आफन्त वा पाहुनाहरुको आगमन हुने वा मित्रहरुसँग भोजभतेर तथा खानपीनमा सरीक भइने सम्भावना छ । कसै कसैको स्त्रि सुखमा समय बित्न सक्छ , रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा लाभको स्थिती बन्ने वा एक भन्दा बढी क्षेत्रमा प्रयास गरिने अवस्था आउन सक्छ, अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार पनि आउन सक्ने योग छ । तरल पदार्थ सम्बन्धि व्यापारबाट लाभ मिल्ने सम्भावना छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभ फल प्राप्त हुने खालको दिन छ । चिताएको पुग्ने वा शुभ समाचार प्राप्त हुने योग देखिएको छ । सबै कार्यहरु सरलताका साथ सम्पन्न हुने, उत्तम स्वास्थ्य स्थिती रहने, परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । नयाँ कार्यको लागि थालनी गर्ने सम्भावना छ । सरकारी सेवामा हुने हरुलाई लाभ मिल्ने योग छ । पदोन्नति वा स्थानान्तरणको सम्भावना पनि देखिएको छ । उच्च अधिकारीहरु प्रसन्न रहनेछन् । पहिले देखि प्रयास गरिरहनु भएको छ भने आय स्रोतको नयाँ सम्भावना पनि फेला पर्न सक्छ, निवेशको लागि समय उत्तम छ ।
भाग्यले आज अलि कन्जुस्याई गर्नेछ । दिन सोचे अनुरुप नहुन सक्छ, शारिरिक कष्ट वा धपेडी पर्ने योग रहेकोल स्वास्थ्यको विशेष ख्याल गर्नु होला, पेट तथा छाती सम्बन्धि समस्या आउन सक्छ, प्रशासनिक तथा कानूनी झमेलाको सम्भावना छ,सन्तान पक्षबाट समस्या वा तनावको स्थिति आउन सक्छ, व्यवसाय हानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने पनि हुन सक्छ, कसै कसैलाई स्थान छोडनु पर्ने वा टाढाको यात्रा गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय अनूकूल छैन । धन नाश हुने, अचानक ठूलो कष्टमा पर्ने, नखाएको विष लाग्ने अथवा नसोचेको आरोप लाग्ने सम्भावना छ । स्वास्थयमा विषेश सतर्कता अपनाउनु होला विशेष गरि नियत समयमा उत्तम भोजन प्राप्त नहुने, अपच, श्वासप्रश्वास, खोकि तथा छाति जन्य समस्याले चिन्तित बनाउन सक्छ ।।। झगडा विवाद तथा मनमुटाव आदि हुने योग भएकोले सचेत रहनु पर्नेछ । निरर्थक भ्रमण हुने वा धपेडी पर्ने सम्भावना पनि छ ।