Rajshow Bivag

युरोपियन फुटबल महासंघ (युइएफए) ले रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसलाई कारवाही गर्ने

Departmant of helth services

एजेन्सीः युरोपियन सुपर लिग फुटबलमा संलग्न भएको भन्दै रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसलाई युरोपियन फुटबल महासंघ (युइएफए) ले कारवाही गर्ने भएको छ ।

केहि साताअघि युरोपका १२ क्लब संस्थापक रुपमा रहनेगरी संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै युरोपियन सुपर लिगको घोषणा गरेका थिए ।

त्यसको चौतर्फी विरोध र विश्व फुटबल महासंघ (फिफा) र युइएफएबाट चेतावानी आएपछि संस्थापक सदस्य रहेका ९ क्लबले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका थिए ।

स्पेनिस क्लब रियल म्याड्रिड, क्याटलान क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले भने अझैपनि युरोपियन सुपर लिग गर्ने सम्भावना रहेको जनाउँदै कानुनी रुपमा लड्न जोड दिइरहेका छन् ।

युइएफएको अनुशासन समितिले यसबारे छानविन गरेपछि अब कारवाहीका लागि सिफारिस गर्ने भएको छ ।

कस्तो कारवाही हुने भन्ने बारे केहि दिनमा जानकारी दिने बताइएको छ ।

प्रिमियर लिग क्लब चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल र टोटेनहम हटस्पर, स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, इटालियन क्लब इन्टर मिलान र एसी मिलान गरी ९ संस्थापक क्लबले केहि दिनमै आफ्नो नाम फिर्ता लिएका थिए ।

नाम फिर्ता लिएका क्लबले भने युइएफएको सबै प्रतिगिता खेल्न पाउनेछ ।

यी क्लबलाई यूईएफएले भविष्यमा यस्तो कदम नचाल्ने चेतावनी दिँदै कारवाही नगर्ने भएको छ ।

युइएफएको नियम अनुसार कुनैपनि टिमले समानान्तर प्रकृतिको प्रतियोगिता खेल्न नपाउने उल्लेख छ ।

यस्तै युइएफएको स्वीकृतिविना कुनैपनि सदस्य क्लवले बाहिरको प्रतियोगिता खेल्न र स्थापना गर्न नपाउने नियममा छ ।

कोरोनाका कारण क्लवको आर्थिक अवस्था कमजोर भएपछि तत्कालका लागि मोटो रकम आउने र क्लवलाई बचाउन सकिने भन्दै १२ क्लबले युरोपियन सुपर लिग घोषणा गरेका थिए ।

तर यसलाई युइएफएले ठाडै अस्वीकार गर्दै यसबाट अलग रहन र अलग नरहेको अवस्थामा कडा कारवाही गरिने जनाएको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%87%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%b8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%ae%e0%a5%8d%e0%a4%af-2/

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...