Texas College
YouTube Link

युरोपियन फुटबल महासंघ (युइएफए) ले रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसलाई कारवाही गर्ने

Facebook Link

एजेन्सीः युरोपियन सुपर लिग फुटबलमा संलग्न भएको भन्दै रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसलाई युरोपियन फुटबल महासंघ (युइएफए) ले कारवाही गर्ने भएको छ ।

केहि साताअघि युरोपका १२ क्लब संस्थापक रुपमा रहनेगरी संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै युरोपियन सुपर लिगको घोषणा गरेका थिए ।

त्यसको चौतर्फी विरोध र विश्व फुटबल महासंघ (फिफा) र युइएफएबाट चेतावानी आएपछि संस्थापक सदस्य रहेका ९ क्लबले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका थिए ।

स्पेनिस क्लब रियल म्याड्रिड, क्याटलान क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले भने अझैपनि युरोपियन सुपर लिग गर्ने सम्भावना रहेको जनाउँदै कानुनी रुपमा लड्न जोड दिइरहेका छन् ।

युइएफएको अनुशासन समितिले यसबारे छानविन गरेपछि अब कारवाहीका लागि सिफारिस गर्ने भएको छ ।

कस्तो कारवाही हुने भन्ने बारे केहि दिनमा जानकारी दिने बताइएको छ ।

प्रिमियर लिग क्लब चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल र टोटेनहम हटस्पर, स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, इटालियन क्लब इन्टर मिलान र एसी मिलान गरी ९ संस्थापक क्लबले केहि दिनमै आफ्नो नाम फिर्ता लिएका थिए ।

नाम फिर्ता लिएका क्लबले भने युइएफएको सबै प्रतिगिता खेल्न पाउनेछ ।

यी क्लबलाई यूईएफएले भविष्यमा यस्तो कदम नचाल्ने चेतावनी दिँदै कारवाही नगर्ने भएको छ ।

युइएफएको नियम अनुसार कुनैपनि टिमले समानान्तर प्रकृतिको प्रतियोगिता खेल्न नपाउने उल्लेख छ ।

यस्तै युइएफएको स्वीकृतिविना कुनैपनि सदस्य क्लवले बाहिरको प्रतियोगिता खेल्न र स्थापना गर्न नपाउने नियममा छ ।

कोरोनाका कारण क्लवको आर्थिक अवस्था कमजोर भएपछि तत्कालका लागि मोटो रकम आउने र क्लवलाई बचाउन सकिने भन्दै १२ क्लबले युरोपियन सुपर लिग घोषणा गरेका थिए ।

तर यसलाई युइएफएले ठाडै अस्वीकार गर्दै यसबाट अलग रहन र अलग नरहेको अवस्थामा कडा कारवाही गरिने जनाएको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%87%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%b8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%ae%e0%a5%8d%e0%a4%af-2/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...