सुनुवार राष्ट्रसेवक समाजद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा करिब २२५ जनाभन्दा बढीले गराए स्वास्थ्य परीक्षण

 

काठमाडौं: सुनुवार राष्ट्रसेवक समाजको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सुनुवार सेवा समाज संघीय समितिको कार्यालय परिसर कोटेश्वरमा समाजले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा  सम्पन्न भएको हो । समाजले आयोजना गरेको स्वास्थ्य शिविरमा उच्च रक्तचाप/न्यून रक्तचाप,  रगत परिक्षण, मृगौला जाँच, लिपिट प्रोफाईट जाँच (Cholesterol, TG, LDI, HDL), कलेजो जाँच, छातिको जाँच, आँखा जाँच, दन्त परीक्षण र आयुर्वेद उपचारलगायत विविध स्वास्थ्य परामर्श सेवाहरू उपलब्ध गराईएको समाजका अध्यक्ष अमरदिप सुनुवारले जानकारी दिए ।

 

 

शिविरबाट करिब २२५ जनाभन्दा बढी लाभान्वित भएका छन् । ती मध्ये सबैभन्दा बढीले जनरल फिजिसियन, ५० जनाले भिडियो एक्सरे (USG), ७५ जनाले आँखा परीक्षण, ८५ जनाले दन्त परीक्षण, १०३ जनाले आयुर्वेद सेवा, ४७ जनाले स्त्री रोगसहितका स्वास्थ्य सेवाहरू लिएका थिए । उक्त शिविरमा नि:शुल्क रुपमा एलोपेथिक, आयुर्वेदिक र आँखाका औषधीहरूसमेत वितरण गरिएको अध्यक्ष सुनुवारले जानकारी दिए ।

 

 

शिविरमा वरिष्ठ हाडजोर्नि विशेषज्ञ डा. शिव चन्द्र अमात्य, जेनेरल फिजिसियन डा. रक्षा गौतम, स्त्री रोग विशेषज्ञ डा. सुब्रिना राजभण्‍डारी, बरिष्ठ रेडियोलोजिष्ट डा. लाल कुमार पुन, शल्यचिकित्सक डा. एविन्द्र रुम्दाली, दन्त रोग विशेषज्ञ डा. स्वेता भगत, बालरोग विशेषज्ञ डा. पुनम बौद्ध तामाङ, आयुर्वेद डा. सृष्टी श्रेष्ठ र डा. ईला पौडेल  र मेडिकल अधिकृत डा. सस्टिका महर्जनले सेवा प्रदान गरेका थिए । शिविर अल्का अस्पतालकाे सहयाेगमा सम्पन्न भएकाे हाे ।

तस्बीरमा नि:शुल्क स्वास्थ्य शिविरः

 

 

 

Nishana Seving AD

Alice Education home sports
आमालाई साक्षी राखेर ललितपुर सहायक सिडिओ अमरदीप सुनुवारले गरे कविता वाचन

आमालाई साक्षी राखेर ललितपुर सहायक सिडिओ अमरदीप सुनुवारले गरे कविता वाचन

वि.सं.२०८० फागुन १३ आइतवार १७:२६

  काठमाडौं: कवि अमरदीप सुनुवारको एकल कविता वाचन कार्यक्रम सम्पन्न...

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ एनएफपिजे, नेपालले फुटसल प्रतियोगिता आयोजन गर्दै {फोटो झलकसहित}

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ एनएफपिजे, नेपालले फुटसल प्रतियोगिता आयोजन गर्दै {फोटो झलकसहित}

वि.सं.२०८० फागुन १३ आइतवार १६:५७

  काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले आगामी चैत्र...

आजदेखि ७५ जिल्लामा दादुरा-रुवेला विरुद्धको खोप अभियान शुरु

आजदेखि ७५ जिल्लामा दादुरा-रुवेला विरुद्धको खोप अभियान शुरु

वि.सं.२०८० फागुन १३ आइतवार ०८:०९

  काठमाडौं: सरकारले आजदेखि जाजरकोट र पश्चिमरुकुम बाहेकका ७५ जिल्लामा...

विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

वि.सं.२०८० फागुन १३ आइतवार ०७:४५

  काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्ससँग...

प्यालेस्टाइनलाई हराउँदै नेपाल बन्यो समुह विजेता

प्यालेस्टाइनलाई हराउँदै नेपाल बन्यो समुह विजेता

वि.सं.२०८० फागुन १३ आइतवार ०७:०८

  काठमाडौं:  वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह विजेता बन्दै...

हेर्नुहोस् आज २०८० फागुन १३ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० फागुन १३ गते आईतबार तपाईको राशिफल

वि.सं.२०८० फागुन १३ आइतवार ०६:३७

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...