Rajshow Bivag

आदिवासी जनजाति चलचित्र महासंघको १५औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

Departmant of helth services

 

काठमाडौं: आदिवासी जनजाति चलचित्र महासंघको १५औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

 

प्रमुख अतिथि रहेकी रानागरले आदिवासी जनजातिको सभ्यताका कथा राज्यले ओझेलमा पार्न नहुने बताएकी छिन् । चलचित्रको माध्यमबाट आदिवासीका सभ्यतालाई संसारभर चिनाउन आवश्यक रहेको उनले जोड दिईन् । ‘हाम्रा सभ्यता लोप हुँदै गएका छन् । यी सभ्यतालाई चलचित्रको माध्यमबाट संरक्षण गर्ने र समाजमा ल्याउन आवश्यक छ । म पनि पहिला निगुरो बेचेर स्कुल पढेकी हुँ । आदिवासीका यस्ता थुप्रै कथा छन् । त्यसलाई राज्यले पनि प्राथमिकता दिनुपर्छ’, उनले भनिन् ।

 

त्यस्तै साधारणसभामा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईले १० वर्षे योजना बनाएको र त्यसैअनुसार महासंघले अहिले काम गर्दै आएको बताए । उनले कार्यक्रममा भने, ‘२०६५ सालमा यो महासंघ स्थापना भएको हो । यो अवधिसम्म आइपुग्दा थुप्रै काम भए‚ हकअधिकारका निम्ति लडेको छ, थुप्रै योजना छन्, कतिपय सकिए त कतिपय बाँकी छन् ।’ उनका अनुसार अहिले महासंघको आफ्नै भवन बनाउन जग्गा खरिदका लागि आर्थिक स्रोत जुटाउन महासंघ लागिपरेको छ । ‘हामीले ७ दिने चलचित्र लेखन प्रशिक्षण पनि चलायौँ, अब आदिवासी चलचित्रको लागि पाठ्यक्रम निर्माण गर्ने तयारीमा छौँ’, उनले भने ।

 

राज्यले आदिवासीका प्राचीन कथा मेट्न लागिपरेको उनले बताए। ‘जारी हुन लागेको नयाँ चलचित्र नीतिमा आदिवासीका कुरा र माग ड्राफ्ट बन्दा मेटिँदै आएको, अहिले आदिवासीको अ मात्रै बाँकी छ, हाम्रो योगदानका कुरै गरिएन, आदिवासीका कुरै सुन्न चाहेको छैन । हामी यो मान्न तयार छैनौँ’, उनले भने । उनले विभिन्न विधाका चलचित्र पुरस्कारसमेत कटौती भएको भन्दै माग पूरा नभए मातृभाषीका चलचित्र सहभागी नगराइने उनको चेतावनी छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...