Texas College
YouTube Link

नेपालमा चाँडै जलवायु परिवर्तन संकट घोषणा हुन्छ: वनमन्त्री यादव

Facebook Link

 

काठमाडौं: वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका छन् ।

 

मंगलबारदेखि काठमाडौंमा ओआरएफको सहयोगमा आइएसएसआरको आयोजनामा सुरु भएको ‘क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क’ (सीएसीएन) परियोजना अन्तर्गतको दुई दिने सम्मेलनको उद्घाटन गर्दै वनमन्त्री यादवले जलवायु परिवर्तनको विश्वव्यापी संकटविरुद्ध नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका हुन् ।

 

जलवायु परिवर्तनको गम्भीर असर दक्षिण एसियामा परेको भन्दै नेपाल झन् ठूलो मारमा परेकाले चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्नुपर्ने उनले बताए ।

 

‘विकसित देशहरुले कार्बन उत्सर्जन रोक्न नसक्दा नेपाल जस्ता दक्षिण एसियाका धेरै देशलाई गम्भीर असर गरेको छ’ वन तथा वातावरणमन्त्री यादवले सम्मेलनको उद्घाटन सत्रमा भने, ‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अब नेपाल सरकारले चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्छ ।’

 

साथै उनले जलवायु परिवर्तनविरुद्ध सबै जना एक ठाउँमा उभिनुपर्ने बताए । दक्षिण एसियाका नेपाल, भारत, भुटान, श्रीलंका र बंगलादेश एकै ठाउँमा उभिएर जलवायु परिवर्तनविरुद्धको अभियानमा लागेको भन्दै मन्त्री यादवले काठमाडौँमा जारी सम्मेलनले नयाँ र परिणाम ल्याउने गरी नयाँ कार्यक्रम तय गर्ने पनि बताए ।

 

नेपाल सरकारले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी सम्मेलनमा यसको असर न्यूनीकरण गर्ने प्रतिबद्धता गरेको भन्दै मन्त्री यादवले सरकारले जारी गरेका प्रतिबद्धता व्यवहारमा उतार्ने पनि बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...