Texas College
YouTube Link

कांग्रेसले ८० र माओवादीले ६० सिट पाउने कुरा छ: प्रचण्ड

Facebook Link

 

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले ८० सिटको वरपर सिट पाउने बताएका छन् ।

 

आज सुदूरपश्चिम प्रदेशको अगुवा कार्यकर्तालाई प्रशिक्षणमा सहभागी हुन जाने क्रममा  कैलालीको गेटा विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले यस्तो बताएका हुन् ।

 

कसले कति सिट पाउने तयारी छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने, ‘कांग्रेसले शुरुमा १०० सिट भनेको थियो । पछि ८० को वरिपरी आउने सम्भावना बढ्दो छ । हामीले ६० मागेको थियौ । हामी यसको वरपर नै रहन्छौ । एकीकृत समाजवादीले २५ र जसपाले २५ को दाबी गरेको छ । यही वरपर रहेर सिट बाँडफाँट हुन्छ होला ।’

 

यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए ।

 

अहिलेको मुख्य विषय निर्वाचन नै भएकोले सत्तारुढ दल तालमेल गरेरै चुनावमा जाने उनको भनाई छ । सिट बाँडफाँट शीर्ष नेताको तहबाट भोलिसम्ममा टुंगो लाग्ने अध्यक्ष प्रचण्डले बताए । ‘सिट, क्षेत्र र प्रदेश एकैसाथ टुङ्ग्याउने भनेर सबै साथीहरु लागिरहनु भएको छ । कार्यदलले आज साँझसम्म प्रतिवेदन दिने भन्ने छ,’ उनले भने, ‘भोलि शीर्ष नेताको तहबाट अन्तिम रुप दिइनेछ । दाबी आफ्नोआफ्नो हुन्छ नै । करिव करिव मिल्ने कुरा नै छ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...