YouTube Link

चन्द्रागिरि केबलकारमा विश्वकै सुरक्षित प्रविधि प्रयोग गरिएकोले पूर्ण सुरक्षित छ, रोकिँदैमा डराउनुपर्दैन: चन्द्र ढकाल

आफ्ना ग्राहकलाई लक्षित गर्दै मेम्बरसिप कार्ड ल्याउने तयारी

Facebook Link

 

काठमाडौं: चन्द्रागिरि केवलकारमा विश्वकै सुरक्षित प्रविधि प्रयोग गरिएको र बिजुली जाँदा रोकिने जस्ता सामान्य समस्या आउँदा डराउन नपर्ने चन्द्रगिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले बताएका छन् ।

 

चन्द्रगिरि केवलकारको विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले बेलाबेलामा केही प्राविधिक कारणले केबलकार रोकिने गरेको तर बाहिर यस विषयमा यथार्थ जानकारी नभएर गलत सूचना जाने गरेको समेत उनले जानकारी दिए ।

 

विश्वभर चन्द्रागिरी केबलकारजस्ता २० हजार बढी परियोजना सञ्चालनमा रहेको र सबैमा सामान्य खालका प्राविधि समस्या आईरहेन समेत उनले जानकारी दिए । ‘कुनै पनि केवलकारमा प्राविधिक समस्या आईरहन्छ त्यो ठुलो कुरा होईन,’ उनले भने, ‘हामीले जुन प्राविधि उपकरण जडान गरेर केवलकार सञ्चालन गरेका छौं त्यसमा केही प्राविधिक समस्या आउँदैमा डराउन पर्दैन ।’ साथै केवलकार विद्युतबाट चल्ने हुनाले पनि समय समयमा विद्युत कटौती हुँदा त्यस्ता समस्या देखिने उनको भनाई थियो ।

 

‘हामीले लिफ्ट चढ्दा पनि त कहिलेकाँही लिफ्ट अड्किन्छ भने जहाज पनि ट्राफिक जाम भएको अवस्थामा आकाशमै घुमाईरहनु पर्ने हुन्छ तर त्यस्तो अवस्थामा यात्रुहरु आत्तिन्छन्,’ उनले भने, ‘हामीले यसअघि केवलकारमा आउने यस्ता प्राविधिक समस्याको बारेमा ब्रिफिङ गरेका थिएनौं । त्यसले गर्दा पनि जनमानसमा नकारात्मक सन्देश बढी गयो ।’ चन्द्रागिरि केबलकार विश्वको सबैभन्दा राम्रो प्रविधिमा आधारित सेवा भएपनि बिजुलीमा भरपर्ने भएकाले कहिलेकाँही प्राविधिक समस्या आउने उनको भनाई थियो ।

 

‘हामी यहिँ कन्फ्युजनलाई हटाएर वास्तविक जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरेका हौं,’ उनले भने, ‘चन्द्रागिरि केबलकार ३ ओटा स्रोतबाट सञ्चालित हुन्छ । पहिलो विद्युतीय माध्यमबाट सञ्चालन गर्ने गरेका छौं । यदि बिजुली नभएको वा गएको अवस्थामा १ मेगावाट क्षमताको हामीसँग जेनरेटर छ त्यसैबाट केबलकार संचालनमा ल्याउने गरेका छौं ।’ साथै तेस्रो जेनेरेटरसमेत बन्द भएको अवस्थामा ईमर्जेन्सी ड्राईभ भन्ने प्रणालीबाट यो सञ्चालनमा ल्याउने समेत उनले जानकारी दिए ।

 

यदि कुनै प्राविधिक कारणवश यात्रुहरु टप स्टेशनमा रोकिएको अवस्थामा कम्पनीले नै यात्रुका लागि खाना र बस्ने सुविधा गरिदिने समेत ढकालले जानकारी दिए । ‘टप स्टेशनमा रोकिने यात्रुहरु रोकिएर घरजान नसक्ने अवस्था भएमा वा सोही स्थानमा बस्न चाहेमा हामीले खाना र बस्नको राम्रो व्यवस्था गरिदिएका छौं ।’

 

चन्द्रागिरि हिल्सले आफ्ना ग्राहकलाई लक्षित गर्दै मेम्बरसिप कार्ड ल्याउने भएको छ । विशेषगरी चन्द्रागिरिमा जाने ग्राहकहरुलाई विशेष छुट सहित मेम्बरसिप कार्ड ल्याउने लागिएको ढकालले जानकारी दिए । साउन १ गतेदेखि विहान ८ बजेदेखि वेलुका ९ बजेसम्म केवलकार संचालनमा ल्याएको चन्द्रागिरिले होटलदेखि जिपलाई र अन्य प्याकजहरुमा विशेष अफर सहित मेम्बरसिप कार्ड संचालनमा ल्याउने लागेको हो ।

 

२ हजार ५ सय २१ मिटर अग्लो स्थानमा अन्तर्रष्ट्रिय स्तरको वारमा बसेर मज्जा लिन सकिने उक्त स्थानमा आउने ग्राहकहरुलाई सुविधा दिनकै लागि मेम्बरसिप कार्ड ल्याउन लागिएको उनको भनाई थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...