YouTube Link

पर्यटन बोर्डद्वारा नवनियुक्त राजदूतहरुसँग अन्तरक्रिया

विदेशमा आयोजना हुने कार्यक्रममा समन्वय गर्नु पर्नेमा जोड

Facebook Link

 

काठमाडौं: नेपाल पर्यटन बोर्डले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 

अन्तरक्रिया कार्यक्रममा बोल्दै संस्कति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन प्रर्वद्धनका लागि विदेशस्थित नेपाली दुतावास र राजदूतहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विदेशमा गरिने कार्यक्रममा समन्वय गरेर काम गर्नुपर्ने बताए ।

 

मन्त्री श्रेष्ठले राजदूतावासहरु नै विदेशमा देशको प्रतिनिधत्व गर्ने आधिकारिक निकाय भएकोले नेपालको बारेमा सकारात्मक सन्देश प्रभाव गर्न आवश्यक रहेको र देशको प्रर्वद्धनका लागि सबैले आ-आफ्नो ठाउँबाट रचनात्मक ढंगले कार्य गर्नुपर्ने बताए ।

 

मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अन्तरराष्ट्रिय स्तरमा देशको छवि निर्माणमा राजदूतहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै  दुतावासहरूसँग समन्वय र सहकार्यका लागि मन्त्रालय र बोर्ड सधै तयार रहेको बताए ।

 

मन्त्रालयका सह-सचिव बुहिसागर भट्टराईले नेपाल हवाई सुरक्षाका हिसावले सुरक्षित मुलुक रहेकोले सोही अनुरुप नेपालको हवाई सुरक्षाको विषयमा आएका भ्रम चिर्न आवश्यक रहेको बताए ।

 

अन्तरक्रिया कार्यक्रममा जापानमा लागि नवनियुक्त नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, स्पेनका लागि शर्मिला पराजुली ढकाल, इजिप्टका शुशिल लम्साल, म्यानमारका लागि हरिशचन्द्र घिमिरे, अष्ट्रियाका  लागि भरतराज रेग्मी, इजरायलका लागि कान्ता रिजाल, साउथ अफ्रिकाका लागि दानबहादुर तामाङ लगायतका नवनियुक्त राजदूतहरुले नेपालको प्रर्वद्धनका लागि देश अनुसार फरक फरक प्रर्वधनात्मक सामग्री तयार गर्नुपर्ने, विदेशमा गरिने कार्यक्रममा लागि बजेटको व्यवस्था गर्न तथा कार्यक्रम गर्दा दुतावाससँग समन्वय गर्नु पर्नेमा जोड दिए ।

 

नेपालको पर्यटनको विकासको लागि हवाई कनेक्टिभिटि अत्यावश्यक भएकोमा जोड दिँदै विदेशमा हुने कार्यक्रमहरु प्रभावकारी बनाउन दुतावास, मन्त्रालय,बोर्ड लगायतका निकायकाबीच समन्वय गर्न सुझाव दिए ।

 

यस्तै  नवनियुक्त राजदूतहरुले राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा व्यक्त गरे ।

 

यस्तै बोर्डका उपाध्यक्ष चन्द रिजालले बोर्डका पनि आफ्नै सीमितताहरु हुने गरेको अवस्थामा राजदुतावासहरुले पनि सोही अनुरुपको समन्वय र सहकार्य गर्नुपर्ने बताए ।

 

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपाल पर्यटन बोर्डले कोभिड १९ पछि गरिरहेका कार्यक्रम तथा बोर्डको भावी योजनाबारे प्रकाश पार्दै बोर्डले नेपालको प्रर्वद्धनमा दुतावासहरूसँग सहयोगको अपेक्षा गरेको बताए ।

 

नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक प्रदीप पौडेलले नेपाल हवाई उड्डयनमा आइकाओको मापदण्ड अनुरुप सुरक्षित गन्तव्य रहेकाले  राजदूतहरुले नेपालको हवाई सुरक्षाका विषयमा गरिने हुने भ्रम चिर्दै नेपाल जान अभिप्रेरित गर्नुपर्ने बताए ।

 

कार्यक्रममा वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, होटल संघ नेपाल हानका वरिष्ठ उपाध्यक्ष विनायक शाह,नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा) का अध्यक्ष रमेश थापा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानका अध्यक्ष खुम बहादुर सुवेदी लगायतले नेपाल पर्यटनका लागि उर्ययुक्त गन्तव्य रहेको बताउँदै नेपाल करिब २५ लाख पर्यटकको आतिथ्यताको लागि तयार रहेको जानकारी दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...