YouTube Link

एन्फा र एनएसएलबीचको सम्झौता रद्ध गरिने

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) र असन्तुष्ट ए डिभिजन क्लबबीच शुक्रबार बसेको बैठकले फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) बीचको सम्झौता रद्ध गर्ने निर्णय गरेको छ ।

 

एनएसएलसँग गरिएको सम्झौताको कतिपय बुँदामा त्रुटि देखिएको निष्कर्ष सहित सम्झौता रद्धका लागि सिफारिस गर्ने निर्णय बैठकले गरेको हो ।

 

बैठकमा असन्तुष्ट चार क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) का प्रतिनिधिको उपस्थिति रहेको थियो ।

 

फुटबलमा कर्पोरेट क्षेत्रको लगानी भित्र्याउने उद्धेश्य सहित चार वर्षअघि एन्फाले चौधरी ग्रुप स्वामित्वको नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीसँग एनएसएल आयोजनाको औपचारिक सम्झौता गरेको थियो । चार वर्षका लागि गरिएको सम्झौता दोस्रो संस्करण सुरु नहुँदै विवादमा परेको हो ।

 

एन्फा नेतृत्वमा पंकजबिक्रम नेम्वाङ आए लगत्तै क्लबसँग छलफल गरेर मात्र एनएसएलबारे निर्णय दिने बताएका थिए । सोही अनुसार शुक्रबार एन्फा र असन्तुष्ट क्लब थ्री स्टार, मनाङ, संकटा र एनआरटीको बैठक बस्यो । क्लबहरुको असन्तुष्टिको कारण देखाउँदै एन्फाले एनएसएलसँगको सम्झौता रद्ध गर्ने निर्णय गर्दै कार्यसमितिमा प्रस्ताव लैजाने भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...