Rajshow Bivag

रामेछापको शैलुङ्ग क्षेत्रमा पर्यटकको चहलपहल शुरु

Departmant of helth services

रामेछाप : रामेछापको पर्यटकिय स्थल शैलुङ्ग क्षेत्रमा अहिले पर्यटकको चहलपहल शुरु भएको छ ।

​सूर्योदयको मनोरम दृश्यावलोकन तथा वरिपरिका हिमश्रृखलालाई नजिकैबाट नियाल्नका लागि प्रख्याल शैलुङ्गको अन्य मनोरम दृश्यावलोकनका लागि समेत आन्तरीक तथा बाह्य पर्यटकको घुँइचो लाग्न थालेको हो ।

शैलुङ्गको सय थुम्का, सूर्योदय अवलोकन, प्रसिद्ध पर्यटकीय केन्द्र, प्रथम साङ्गे म्हार्मोचे, पाँचौ पद्म सम्भव र सातौ गौतम बुद्धले तपस्या गरेको पवित्र भूमीले परिचित शैलुङ्गमा यतिवेला पर्यटकको घुइचो लागेको हो ।

गत बर्षको शैलुङ्ग महोत्सवपछि यस क्षेत्रमा भ्रमण गर्ने आन्तरीक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।​शैलुङ्गमा एक सय भन्दा बढी प्राकृतिक चुचुरा र थुम्काहरु मुख्य आकर्षकको रुपमा रहेका छ ।

नेपालको उत्तरी क्षेत्रमा रहेका हिमालको अवलोकन, रमणीय हिमश्रृखलाहरुको अवलोकन संग संगै यहाँको अन्य मनोरम दृश्यावलोकनका लागि विभिन्न जिल्लाबाट पर्यटकहरु आउने गरेको दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष कृषला घिसिङ्गले बताउनु भयो ।

शैलुङ्ग पुग्न सिन्धुपाल्चोकको मुडे हुदै ढुंगे खोला खर्क सम्म तथा मन्थली, खिम्ती, फुलासी दोरम्बा हुंदै शैलुङ्ग सम्म र अर्को पदमार्ग मन्थली, खाँडादेवी हुंदै शैलुङ्गसम्मको सडक मार्ग मार्फत पर्यटकहरु यस क्षेत्रमा आउने गरेका छन् ।

पर्यटकीय मात्र नभएर धार्मीक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको शैलुङ्ग क्षेत्रमा अहिले नेपालका आन्तरीक पर्यटक मात्र नभएर भारत तथा अन्य देशबाट पनि पर्यटकहरु आउने गरेका छन् ।

रामेछापको शैलुङ्ग क्षेत्रमा अहिले दैनिक जसो ३ सय भन्दा बढी पर्यटकहरु आउने गरेका छन् । जंगलबाट निकै माथि उचाइमा रहेको सो स्थानमा यस भन्दा अगाडि जिल्ला भित्रकै केहि व्यक्तिहरु मात्र घुमफिरका लागि पुग्ने गरेका भएपनि अहिले भने अन्य जिल्लाबाट पनि पर्यटकहरु आउन थालेका छन् ।

करिव ३ हजार १ सय मिटर भन्दा अग्लो उक्त स्थानमा केहि दिन यतादेखी पर्यटकको घुइचो लाग्न थालेको हो । शैलुङ्गको पर्यटन प्रर्वधनका लागि जिल्लाका सवैजना लाग्नु पर्ने उक्त क्षेत्रमा पुग्नु भएका जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख दिपा पाख्रीनले बताउनु भयो ।

यो पनी पढ्नुहोस् :https://www.akhabarnepal.com/%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ad%e0%a4%8f%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a5%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण-१ हिमालको सफल आरोहण

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण-१ हिमालको सफल आरोहण

वि.सं.२०८१ वैशाख २ आइतवार १४:४३

  काठमाडौं: अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका...

खेल पर्यटन प्रवर्द्धन गर्दै चौथो संस्करणको मन्जुश्री ट्रेल रेस सुरू,  १६ मुलुकका ३२४ धावकहरू सहभागी

खेल पर्यटन प्रवर्द्धन गर्दै चौथो संस्करणको मन्जुश्री ट्रेल रेस सुरू,  १६ मुलुकका ३२४ धावकहरू सहभागी

वि.सं.२०८० चैत २४ शनिवार ०८:०४

  काठमाडौं: खेल पर्यटन प्रवर्द्धन गर्दै चौथो संस्करणको मन्जुश्री ट्रेल...

औपचारिकरूपमै पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै

औपचारिकरूपमै पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै

वि.सं.२०८० चैत ४ आइतवार ०८:४६

  पोखरा: औपचारिकरूपमै पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने भएको छ...

‘स्व. बाबुछिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिताको उपाधि तेन्जिङ राई र श्रृजना तामाङले उचाले

‘स्व. बाबुछिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिताको उपाधि तेन्जिङ राई र श्रृजना तामाङले उचाले

वि.सं.२०८० चैत १ बिहीवार २१:१८

  काठमाडौं: पहिलो पटक आयोजित ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक...

‘स्व. बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सुरु

‘स्व. बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सुरु

वि.सं.२०८० चैत १ बिहीवार १४:२३

  काठमाडौं: ‘स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता...

बिना अक्सिजन पर्वतारोही एली पेपरले अन्नपूर्ण-१ हिमाल आरोहण गर्ने

बिना अक्सिजन पर्वतारोही एली पेपरले अन्नपूर्ण-१ हिमाल आरोहण गर्ने

वि.सं.२०८० फागुन २६ शनिवार १७:५७

  काठमाडौं: अष्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाईड एली पेपरले...