YouTube Link

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

Facebook Link

काठमाडौं । अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ (एफएनएमआईएस) सम्बन्धी छलफल तथा अभिमुखीकरण गरेको छ ।

 

नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र होटल संघ नेपालको समन्वयमा नेपाल पर्यटन बोर्डको सभाहल, भृकुटीमण्डपमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो । अध्यागमन विभागका अनुसार नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण तथा सम्भावित अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले यो प्रणाली विकास गरिएको हो । विभागले पहिलो चरणमा २०८२ पुस १७ गतेदेखि काठमाडौं उपत्यकाका तारे होटलहरूमा र दोस्रो चरणमा २०८२ फागुन १७ गतेदेखि देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल कम्पनी, मनी एक्सचेन्ज लगायतका संस्थामा प्रणाली लागू गरिसकेको जनाएको छ ।

 

कार्यक्रममा हालसम्म एफएनएमआईएसमा दर्ता नभएका उपत्यकाभित्रका तारे होटल, गेस्ट हाउस तथा रिसोर्टहरूलाई दर्ता प्रक्रियामा सहभागी गराउने, प्रणाली सञ्चालनबारे जानकारी दिने तथा दर्ता कार्यलाई सहजीकरण गर्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले नेपालको आतिथ्यता विश्वभर परिचित रहेको उल्लेख गर्दै यही कारण ४० प्रतिशतभन्दा बढी पर्यटकले नेपालमा पुनः भ्रमण गर्ने गरेको बताए । उनले नेपालको पर्यटन विकासमा होटल, रिसोर्ट तथा होमस्टे क्षेत्रको महत्वपूर्ण योगदान रहेको धारणा व्यक्त गरे ।

 

सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट नेपालको पर्यटन क्षेत्र विस्तार हुँदै आएको उल्लेख गर्दै घिमिरेले एफएनएमआईएस प्रणालीको प्रभावकारी प्रयोगले पर्यटकको भ्रमणलाई अझ सुरक्षित बनाउनुका साथै सेवा प्रवाहमा गुणस्तर बढाउने विश्वास व्यक्त गरे । साथै सम्बन्धित संस्थाका व्यवस्थापक तथा प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो । अध्यागमन विभागले पर्यटन क्षेत्रसँग आबद्ध सबै संस्थालाई एफएनएमआईएस प्रणालीमा आबद्ध भई विदेशी पर्यटकको विवरण व्यवस्थापनलाई व्यवस्थित र विश्वसनीय बनाउन आग्रह गरेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...