YouTube Link

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

Facebook Link

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको ‘भोटेकोशी आकस्मिक बाढी अवस्था अद्यावधिक-२’ अनुसार प्रभावित क्षेत्रमा रहेका तथा यात्रा गरिरहेका पर्यटक र यात्रुको अवस्था पहिचान तथा पुष्टि गर्ने काम भइरहेको छ ।

 

पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक छन् । बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सम्बन्धित निकायले ट्राभल एजेन्सी, पथप्रदर्शक, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी विवरणको प्रमाणीकरण तथा पुनः पुष्टि गरिरहेको जनाएको छ ।

 

प्रारम्भिक विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना यात्रु सम्पर्कविहीन छन् । तीमध्ये ५९ जना भारतीय नागरिक र १२ जना नेपाली छन् । त्यस्तै, काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७ जनामध्ये दुई जना विदेशी नागरिक (एक अस्ट्रेलियाली र एक नेदरल्यान्ड्सका) तथा १५ जना नेपाली नागरिक छन् । लिफ होलिडेका ५५ जनामध्ये ४६ जना भारतीय र नौ जना नेपाली, कैलाश जर्नीका ३१ जनामध्ये २६ जना विदेशी नागरिक (राष्ट्रियता पुष्टि हुन बाँकी) र पाँच जना नेपाली रहेको बोर्डले जनाएको छ ।

 

एक्सप्लोर भ्याकेसनका सात जना यात्रु सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ। ट्रेकर्स सोसाइटीका ९२ जनामध्ये ७७ जना विदेशी नागरिक (राष्ट्रियता पुष्टि हुन बाँकी) र १५ जना नेपाली छन् । त्यस्तै, रिचा टुर्स एन्ड ट्राभल्सका १२ जनामध्ये आठ जना विदेशी नागरिक र चार जना नेपाली, फिस्टेल टुर्स एन्ड ट्राभल्सका २७ जनामध्ये २० जना विदेशी तथा सात जना नेपाली नागरिक रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

 

हिमालयन ग्लेसियरका ५२ जनामध्ये ३७ जना विदेशी नागरिक र १५ जना नेपाली तथा अल्पाइन इको ट्रेकका २० जनामध्ये १६ जना विदेशी र चार जना नेपाली नागरिक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार हिमालयन ग्लेसियरमा सम्पर्कविहीन देखिएका ३७ जनामध्ये केही भारतीय मूलका नागरिक रहेको र अल्पाइन इको ट्रेकका १६ विदेशीमध्ये १२ जना बेलायती तथा चार जना दक्षिण अफ्रिकी नागरिक रहेको प्रारम्भिक विवरण छ ।

 

नेपाल पर्यटन बोर्डले यो विवरण प्रारम्भिक रहेको र सम्बन्धित निकायसँग समन्वय गरी निरन्तर अद्यावधिक तथा प्रमाणीकरण भइरहेको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुलाई शान्त रहन, आधिकारिक सूचना मात्र पछ्याउन र सुरक्षा निकायको निर्देशन पालना गर्न बोर्डले आग्रह गरेको छ । आपत्कालीन अवस्थाका लागि निःशुल्क आपत्कालीन नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...