YouTube Link

पवित्र, शान्त, विशाल अनि सुन्दर खप्तड क्षेत्र

Facebook Link

काठमाडाैं: खप्तड राष्ट्रिय निकुञ्ज १९८४ मा खप्तड बाबाको सल्लाहमा स्थापना भएकाे संरक्षित क्षेत्र हाे ।

खप्तड राष्ट्रिय निकुञ्जकाे मध्य भागमा अवस्थित खप्तडबाबा आश्रम एक प्रसिद्ध धार्मिक स्थल हो । यहाँ हरेक वर्ष श्रद्धालु भक्तजनहरु जनै पूर्णिमाकाे दिन भगवान शिवकाे पूजा आराधना गर्न आउँछन् र यस क्षेत्रमा ठूलाे मेला लाग्ने गर्दछ ।

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अंचलमा अवस्थित छ। यस राष्ट्रिय निकुञ्जले डोटी, बाजुरा, बझाङ र अछाम जिल्लामा २२५ वर्ग किलोमिटर क्षेत्रफलमा ओगटेको छ ।

यस राष्ट्रिय निकुञ्जमा सैलेश्वरी, खप्तड बाबाकाे आश्रम, रामरोसन, बडीमालिका जस्ता प्रसिद्ध धार्मिक स्थल छन् । जहाँ हरियाली पहाड, पाटन, ठूला फाँट र खहरेहरुले सुसज्जित छ ।

निकुञ्ज संरक्षित क्षेत्रमा २२४ प्रकारका औषधीय जडिबुटीहरू ५६७ प्रजातिका फूलहरूको बोट, लालीगुँरास र विभिन्न प्रकारका रुख बिरुवाकाे जंगलले चारैतिर ढकमक्क ढाकेकाे छ ।

खप्तड राष्ट्रिय निकुञ्ज पंक्षी अवलोकनका लागि प्रसिद्ध छ। यस निकुञ्जमा बुलबुल, काेईली, चिल, डाँफे सहित २७० प्रजातिका चराचुरुङ्गी लगायत चितुवा, हरिण, जंगली कुकुर, घोरल, हिमाली कालो भालु, बाँदर, लङ्गुर, कस्तूरी मृग जस्ता अन्य धेरै जातका विभिन्न किसिमका जंगली जनावरहरू पाईन्छ ।

यस क्षेत्रमा मौसम गर्मीमा चिसो र सुक्खा हुन्छ र जाडोमा चिसाे र ओसिलो हुन्छ। गर्मीमा तापक्रम ० देखि २० डिग्री सेल्सियस सम्म हुन्छ, भने जाडोमा तापक्रम ० डिग्री सेल्सियस भन्दा तल झर्छ र हिउँले ढाकेकाे हुन्छ ।

यस निकुञ्जमा भ्रमणका लागि उपयुक्त समय शरद ऋतु असाेजदेखि मंसिर र वसन्त ऋतुमा फाल्गुणदेखि बैशाख महिनामा हाे । शरद ऋतुकाे समयमा विभिन्न चाडपर्वहरू आयोजना गरिन्छ भने वसन्त ऋतुकाे समयमा मौसम सफा हुने हँदा अपी र सैपाल हिम सृङ्खला अवलाेकन गर्न सकिन्छ ।

खप्तड राष्ट्रिय निकुञ्ज जानका लागि काठमाडौंबाट हवाई अथवा स्थलमार्ग हुँदै कैलालीबाट जान सकिन्छ । कैलालीकाे अत्तरिया चाेकबाट करिब ९ घण्टा स्थलमार्गकाे यात्रा पछि खप्तडको प्रवेशद्वार डोटी जिल्लाको सिलगढी बजार पुगिन्छ । सिलगढीबाट करिब २ दिनकाे पैदल यात्रासंगै खप्तड राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ ।


 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३६

काठमाडौं । अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...