पार्टी फुटको हल्लाले नेकपामा खैलाबैला,के होला आज ?
वि.सं.२०७७ मंसिर ३ बुधवार १२:१३
1.7K
shares
काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र देखिएको आन्तरिक वैमनष्यताका कारण पार्टी फुट्न सक्ने भन्दै अहिले नेकपाभित्र खैलाबैला मच्चिएको छ ।
लामो समयदेखि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)बीच देखिएको द्वन्दका कारण अहिले पार्टी फुट्न लागेको नेकपा कार्यकर्ताहरुले अड्कल गर्न थालेका छन् ।
पछिल्लो समय अर्का अध्यक्ष दाहाल सहित पाँच नेताले प्रधानमन्त्री ओलीविरुद्ध ३३ बुँदे आरोपपत्र दायर गरेपछि पार्टी औपचारिक रुपमा फुट्न सक्ने आंकलन गर्न थालिएको छ ।
आज प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग गोप्य छलफल गरेपछि त्यसले पार्टीभित्र नयाँ तरंग उत्पन्न गराएको छ ।
अझै त्योभन्दा आजै दिउसो १ बजेका लागि पार्टी अध्यक्ष प्रचण्डले सचिवालय वैठक बोलाएपछि प्रधानमन्त्री ओलीले पनि सोही समयमा आकश्मिक भन्दै मन्त्री परिषद वैठक बोलाएका थिए । त्यसले नेकपाभित्र ठूलै कम्पन उत्पन्न गराएको छ । तथापी प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदको वैठकलाई दुईबजेलाई बोलाएका छन् ।
सचिवालय बैठककै समयमा मन्त्रीपरिषदको वैठक बोलाउँदा बाहिर नराम्रो म्यासेज जाने भन्दै ओली निकटका व्यक्तिहरुले मन्त्रीपरिषदको वैठक सार्न आग्रह गरेपछि ओली ब्याक भएका हुन ।
प्रधानमन्त्री ओली ब्याक भएपछि आज हुन सक्ने संभावित पार्टी फुटको हल्ला केवल हल्लामा मात्र सिमित हुने आंकलन गर्न थालिएको छ ।
पार्टीभित्र देखिएको अन्तरसंघर्षकै मेसोमा देशि तथा विदेशी शक्तिहरु सल्बलाउन समेत थालेको छ ।
यसैको उदाहरणको रुपमा हिजो बेलुका प्रधानमन्त्री ओलीसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले गरेको भेटघाटलाई लिन सकिन्छ ।
राजदूत यान्छीले प्रधानमन्त्री ओलीले करिब डेढ घण्टा गोप्य वार्ता गरेका थिए ।
वार्तामा भएका कुरालाई नखुलाईएका कारण त्यसले पनि राजनीतिक तरंग उत्पन्न गराएको छ ।
वि.सं.२०७७ मंसिर ३ बुधवार १२:१३




















