YouTube Link

राप्रपाको चुनावचिन्ह टुंगो लागेन

World Cup 2026
Facebook Link

 

काठमाडौं:  राप्रपाद्वारा गठित सुझाव समितिको पहिलो बैठक शनिबार राप्रपा नेता विक्रम पाण्डेको निजी कार्यालय कालिका टावरमा बसेको छ ।

आज बसेको बैठकमा पार्टीको चुनाव चिन्ह गाई राख्ने कि हलो भन्नेबारे छलफल भएको स्रोतले बताएको छ ।

राप्रपाका तीन समूहवीच एकीकरण भइसके पनि चुनावचिन्ह टुंगो लाग्न सकेको छैन । यही कारणले गर्दा पार्टीले निर्वाचन आयोगमा आफ्नो दल दर्ता प्रक्रिया टुंगोमा पुर्‍याउन सकेको छैन

राप्रपा नेपाल र राप्रपावीच पार्टी एकता हुनुअघि राप्रपात्रय अध्यक्षले एकीकरणको आधारपत्रमा हस्ताक्षर गरेका थिए ।

सो आधारपत्रमा चुनावचिन्ह ६ महिनाभित्र टुंग्याउने उल्लेख छ । तर, ६ महिना बितिसक्दा पनि चुनावचिन्ह के हुने भन्ने टुंगो लागेको छैन ।

यही विवादलाई टुंग्याउन राप्रपाको गतहप्ता बसेको बैठकले सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी ६ सदस्यीय सुझाव समिति गठन गरेको थियो ।

राप्रपाका अध्यक्षत्रयको बैठकले पार्टी एकिकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याको निमित्त सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरि ६ सदस्यीय सुझाव समिति गठन गरेका थिए ।

समितिमा दीपक बोहोरा, बुद्धिमान तामाङ्ग, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना संलग्न छन् ।

शनिबार बसेको ६ नेताहरुको बैठकमा विक्रम पाण्डेले एकीकृत पार्टीको चुनाव चिन्ह हलो राख्नुपर्ने बताएका थिए भने अर्का नेता राजेन्द्र लिङदेनले गाई राख्नुपर्ने बताएका थिए ।

शनिबारको बैठक सकारात्मक रुपमा सम्पन्न भएको र आइतबार पुन बैठक बस्ने एक नेताले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...