नेपालमा कोरोना संक्रमितको संख्या २६,०१९ जना पुग्यो
वि.सं.२०७७ साउन ३१ शनिवार १७:३३
1.4K
shares
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४ सय ६८ कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार १९ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार २ सय १ उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म १०२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ साउन ३१ शनिवार १७:३३




















