नुवाकोटमा तीन तारे होटल खुल्ने
वि.सं.२०७७ साउन ३१ शनिवार १९:०४
1.7K
shares
नुवाकोट: नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा जिल्लाकै पहिलो तीन तारे (थ्री स्टार) होटल खुल्ने भएको छ । दुप्चेश्वर गाउँपालिकाको वडा नं. ७ स्थित होटल कोटबारीका नामबाट ‘थ्री स्टार’ होटल सञ्चालनमा आउन लागेको हो ।
करीब १० करोड ५० लाख रुपैयाँ लगानीमा तारे होटलको मापदण्ड भित्रका सबै सुविधा उपलब्ध गराउदै एक वर्ष भित्रमा सञ्चालनमा आउने होटलका सञ्चालक शुशिल खड्काले जानकारी दिए ।
नुवाकोटमा उद्योग बाणिज्य संघमा दर्ता भएका करीब १ सय ५० होटल मध्य सबैभन्दा धेरै ११ करोड रुपैयाँको लगानीमा होटल वाटर टावर संचालनमा रहेको नुवाकोट उद्योग बाणिज्य संघका उपाध्यक्ष गीता अमात्यले बताइन् ।
नुवाकोटमा १ करोड रुपैयाँ भन्दा बढी लगानी भएका करीब ५० वटा होटल सञ्चालनमा छन् । नुवाकोट जिल्लाका उत्तरपूर्वी क्षेत्रमा होटल व्यवसायमा करोड भन्दा बढीको लगानी हुन लागेको यो नै पहिलो पटक हो ।

होटलले पर्यटकहरुलाई शुरुमा दुप्चेश्वर दर्शन गराई त्यसपछि सागरकुण्ड, सूर्यकुण्ड र गोसाईंकुण्ड जस्ता धार्किक एवम् पर्यटकिय स्थलहरुसम्म पदयात्राको छुट्टा छुट्टै प्याकेज बनाउने योजना बनाएको छ ।
रमणीय स्थलहरुको दृष्यावलोकन, धार्मिक स्थलहरुको भ्रमण, देशमै प्रख्यात स्थानीय समुन्द्रफिनीको चामल, तादी खोलाको असला माछा र अन्य स्थानिय कृषि उत्पादनहरुको स्वाद यस होटलको आकर्षण हुनेछन् ।
होटलले आफ्नो स्तर व्यवस्थापनका साथै सर्वसाधारणका लागि विशेष व्यवस्था मिलाउने योजना बनाएको छ । होटलले सामान्य ग्राहाकका लागी छुट्टै व्यवस्था मिलाउने खड्काले बताए ।
सानो पहाडी थुम्कोमा बन्न लागेको उक्त होटलको भौतिक निर्माणको काममा कोराना भाइरसको फैलँदो सक्रमणका कारण केही समस्या देखिए पनि होटल अन्तरगत बन्ने रेष्टुराँ आगामी ६ महिना भित्रमा सञ्चालनमा आउने उनको भनाई छ ।।
होटल कोटबारीलाई धार्मिक पर्यटनसँगै कृषि र पर्यटनलाई समेत एकसाथ जोडेर एग्रो टुरिजमको अवधारणाबाट अघि बढाउने सोचका साथ सञ्चालन गर्न लागिएको खड्काले बताए ।
२०७१ सालबाट खड्काले कोटबारी कृषि फार्ममा करीब ८२ लाख रुपैयाँ लगानी गरिसकेका छन् । होटल कोटबारीलाई एग्रो टुरिजमको अवधारणाबाट अघि बढाउने सोचका साथ सञ्चालन गर्न लागिएको खड्काले बताए ।
होटल सञ्चालन सँगै पर्यटन प्रवद्र्धनका लागि छुट्टै किसिमको प्याकेज बनाउन लागिएको खड्काले बताएका छन् ।
वि.सं.२०७७ साउन ३१ शनिवार १९:०४




















