YouTube Link

संघर्ष नै जिवन हो : युवा व्यवसायी सोभित प्रसाईं (शुरेश)

Facebook Link

झापा जिल्लाको दमक जन्मस्थान भई शिक्षा तथा रोजगारीको क्रममा काठमाडौलाई आप्mनो कर्मथलो बनाएर बिभिन्न क्षेत्रमा संघर्षका सिंढीहरु चढ्ने क्रममा संघर्ष नै जिवन हो भन्ने बुझि विगत १३ वर्षदेखि चावहिलमा व्यवसाय गरिरहेका मोवाईल व्यवसायी एवं उपत्यका मोवाईल व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका सोभित प्रसाईं (शुरेश)सँग अखबार टाईम्स साप्ताहिक तथा अखबार नेपाल डटकम प्रतिनिधिले गरेको कुराकानीको संक्षिप्त अंश :

– के कुराले तपाईंलाई यो मोवाईल व्यवसायमा आकर्षित गर्यो ?

ईलेक्ट्रोनिक्स सामाग्री सम्बन्धि मेरो पहिलेदेखि नै रुचि थियो । त्यसैले केही समय कम्प्यूटर इन्स्टीच्युट सञ्चालन गरें तर त्यसबाट खसै सन्तुष्टि नपाएकोले अरु नै केही गरौं भन्ने सोच आयो र नेपालमा मोवाईल प्रयोगकर्ताहरु पनि बढ्दै गईरहेकोले यस व्यवसायमा भविष्य देखेर यस व्यवसायप्रति आकर्षित भएको हुँ ।

– नेक्सस मोबाईल होमको सुरुवात चाहिं कहिलेबाट गर्नुभयो ?

विगत १३ वर्षदेखि यही स्थानमा यसको सञ्चालन गर्दै आईरहेको छु ।

– कस्ता वर्गका ग्राहकहरुलाई लक्षित गर्नुभएको छ ?

मेरो पसलमा ब्राण्डेड मोबाईलहरु मात्र बिक्री वितरण हुने भएकाले मध्यम र उच्च बर्गका ग्राहकहरु बढी आउने गर्दछन् । सस्तो मोवाईलहरु म बेच्दिन । मेरो आप्नै खालको सर्कल र बजार छ । म कहाँ आउने ग्राहकहरु त्यही सर्कल भित्रकै व्यपारी, कर्मचारी तथा डाक्टरहरु बढी छन् ।

– कुन–कुन ब्राण्डका मोबाईलहरु बिक्री गर्नुहुन्छ ?

ग्राहकको मागलाई मध्यनजर गर्दै हुवावे, सामसुङ, जिओनी, ओप्पो जस्ता ब्राण्डको मोवाईलहरु बिक्री गर्दछु ।

– यो व्यवसायमा प्रतिष्पर्धा कत्तिको छ ?

प्रतिष्पर्धा एकदमै छ । अहिले प्रतिष्पर्धा बिनाको व्यवसाय नै छैन । तर ब्राण्ड बेच्दा बजारको प्रतिष्पर्धाले खासै असर पर्दैन र बजारमा राम्रो छवि बनाई सकेकोले प्रतिष्पर्धा भएपनि मेरो व्यवसायमा खासै असर परेको छैन ।

– ब्राण्डेड हो कि होईन कसरी थाहा पाउने ?

सस्तो खोज्दा मात्र डुब्लीकेटमा पर्ने सम्भावना बढी हुन्छ । एप्लीकेशन हेर्दा र मोवाईल अन गर्ने वित्तिकै थाहा हुन्छ । स्मुथ्ली चल्ने र नचल्ने हुन्छ । ब्राण्डेड मोबाईल खरीद गर्दा भ्याट बिल र वारेण्टी कार्ड प्राप्त हुन्छ ।

– आगामी लक्ष्य ?

ग्राहकको चाहना अनुसार बजारमा आएका नयाँ ब्राण्डहरुलाई थप गर्दै जानेछु । १३ वर्ष अघि एउटा पसलबाट व्यवसाय सुरु गरेको थिएँ । अहिले ग्राहकको चाप र चाहना अनुसार के एल टावर अगाडि अर्को सोरुम नेक्सस टु सञ्चालनमा ल्याएको छु ।

– उपत्यका मोवाईल व्यवसायी संघको अध्यक्ष पनि हुनुहुँदो रहेछ नि ?

साथीहरुले विश्वास गरेर यहि २०७३ मा भएको अधिवेशनबाट मलाई अध्यक्षको जिम्मेवारी दिनुभएको छ ।

– उपत्यका मोवाईल व्यवसायी संघले चाहिँ के गरिरहेको छ ?

यो मोवाईल व्यवसायीहरुको छाता संस्था हो । यसले उपत्यकका मोवाईल व्यवसायीहरुको हक हितका लागि काम गर्दछ । यसका साथै अन्य सामाजिक काम पनि गरिरहेको छ । यसै क्रममा हाल देशमा देखिएको रगतको अभावलाई न्युनिकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशैभरि आव्हान गरे अनुरुप यस संघले शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सेन्ट्रल कम्प्लेक्स (एनसीसी बैंक भएको भवन) चावहिलमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । तसर्थ म यस पत्रिका र अनलाईन पत्रिका मार्फत ईच्छुक सबैलाई त्यहाँ उपस्थित भएर रक्तदान गर्नुहुन समेत अनुरोध गर्दछु ।

– अन्तमा केही छ की ?

मोवाईल खरिद गर्दा ब्राण्डेड नै खरिद गर्नुहोला भन्न चाहान्छु । केहि सस्तो भयो भन्दैमा डुब्लीकेट मोवाईल खरिद नगर्नुहोला ब्राण्ड हेरेर खरिद गरी ठगिनबाट बच्नुहोला भन्न चाहान्छु ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
भ्रष्टचार भनेको अन्याय र अपराध हो, भ्रष्टचार गर्नेमाथि कारबाही हुन्छ : सुशिला कार्की

भ्रष्टचार भनेको अन्याय र अपराध हो, भ्रष्टचार गर्नेमाथि कारबाही हुन्छ : सुशिला कार्की

वि.सं.२०८२ असोज ३ शुक्रवार ११:०८

सुशिला कार्की अन्तरीम प्रधानमन्त्री २०८२ साल भाद्र २३ र २४...

सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कुलतमा छन्, रेष्टुरेण्टमा भेटिन्छन् : अनिल केडिया

सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कुलतमा छन्, रेष्टुरेण्टमा भेटिन्छन् : अनिल केडिया

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:४२

अनिल केडिया सञ्चालक, डि. ए. भि. स्कुल मानव जीवन संस्कार,...

कांग्रेस, कम्युनिष्टहरू राष्ट्रघाती र देश बेचुवाहरू हुन् : राजेन्द्र महतो

कांग्रेस, कम्युनिष्टहरू राष्ट्रघाती र देश बेचुवाहरू हुन् : राजेन्द्र महतो

वि.सं.२०८२ भदौ १७ मंगलवार १४:००

राजेन्द्र महतो अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी नेपाल अधिकार र पहिचानको...

म आफूलाई संगीतकारभन्दा पनि संगीत साधक भन्न रुचाउँछु : वरिष्ठ संगीतकार राजु सिंह

म आफूलाई संगीतकारभन्दा पनि संगीत साधक भन्न रुचाउँछु : वरिष्ठ संगीतकार राजु सिंह

वि.सं.२०८२ भदौ ४ बुधवार ११:५७

वरिष्ठ संगीतकार राजु सिंहको साँगीतिक पृष्ठभूमि नै संगीतमय थियो ।...

कलाकार बन्ने प्रयासमा छु : गायक भरत परियार

कलाकार बन्ने प्रयासमा छु : गायक भरत परियार

वि.सं.२०८२ भदौ ३ मंगलवार १३:५१

नेपाली गीत संगीतमा नयाँ परिचय बनाउदै गरेका सल्यानका गायक भरत...

समय आउँछ, मदन-आश्रितको हत्यारा पत्ता लाग्छ: केपी ओली

समय आउँछ, मदन-आश्रितको हत्यारा पत्ता लाग्छ: केपी ओली

वि.सं.२०८१ असार १४ शुक्रवार १४:१६

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली...