Rajshow Bivag

संघर्ष नै जिवन हो : युवा व्यवसायी सोभित प्रसाईं (शुरेश)

Departmant of helth services

झापा जिल्लाको दमक जन्मस्थान भई शिक्षा तथा रोजगारीको क्रममा काठमाडौलाई आप्mनो कर्मथलो बनाएर बिभिन्न क्षेत्रमा संघर्षका सिंढीहरु चढ्ने क्रममा संघर्ष नै जिवन हो भन्ने बुझि विगत १३ वर्षदेखि चावहिलमा व्यवसाय गरिरहेका मोवाईल व्यवसायी एवं उपत्यका मोवाईल व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका सोभित प्रसाईं (शुरेश)सँग अखबार टाईम्स साप्ताहिक तथा अखबार नेपाल डटकम प्रतिनिधिले गरेको कुराकानीको संक्षिप्त अंश :

– के कुराले तपाईंलाई यो मोवाईल व्यवसायमा आकर्षित गर्यो ?

ईलेक्ट्रोनिक्स सामाग्री सम्बन्धि मेरो पहिलेदेखि नै रुचि थियो । त्यसैले केही समय कम्प्यूटर इन्स्टीच्युट सञ्चालन गरें तर त्यसबाट खसै सन्तुष्टि नपाएकोले अरु नै केही गरौं भन्ने सोच आयो र नेपालमा मोवाईल प्रयोगकर्ताहरु पनि बढ्दै गईरहेकोले यस व्यवसायमा भविष्य देखेर यस व्यवसायप्रति आकर्षित भएको हुँ ।

– नेक्सस मोबाईल होमको सुरुवात चाहिं कहिलेबाट गर्नुभयो ?

विगत १३ वर्षदेखि यही स्थानमा यसको सञ्चालन गर्दै आईरहेको छु ।

– कस्ता वर्गका ग्राहकहरुलाई लक्षित गर्नुभएको छ ?

मेरो पसलमा ब्राण्डेड मोबाईलहरु मात्र बिक्री वितरण हुने भएकाले मध्यम र उच्च बर्गका ग्राहकहरु बढी आउने गर्दछन् । सस्तो मोवाईलहरु म बेच्दिन । मेरो आप्नै खालको सर्कल र बजार छ । म कहाँ आउने ग्राहकहरु त्यही सर्कल भित्रकै व्यपारी, कर्मचारी तथा डाक्टरहरु बढी छन् ।

– कुन–कुन ब्राण्डका मोबाईलहरु बिक्री गर्नुहुन्छ ?

ग्राहकको मागलाई मध्यनजर गर्दै हुवावे, सामसुङ, जिओनी, ओप्पो जस्ता ब्राण्डको मोवाईलहरु बिक्री गर्दछु ।

– यो व्यवसायमा प्रतिष्पर्धा कत्तिको छ ?

प्रतिष्पर्धा एकदमै छ । अहिले प्रतिष्पर्धा बिनाको व्यवसाय नै छैन । तर ब्राण्ड बेच्दा बजारको प्रतिष्पर्धाले खासै असर पर्दैन र बजारमा राम्रो छवि बनाई सकेकोले प्रतिष्पर्धा भएपनि मेरो व्यवसायमा खासै असर परेको छैन ।

– ब्राण्डेड हो कि होईन कसरी थाहा पाउने ?

सस्तो खोज्दा मात्र डुब्लीकेटमा पर्ने सम्भावना बढी हुन्छ । एप्लीकेशन हेर्दा र मोवाईल अन गर्ने वित्तिकै थाहा हुन्छ । स्मुथ्ली चल्ने र नचल्ने हुन्छ । ब्राण्डेड मोबाईल खरीद गर्दा भ्याट बिल र वारेण्टी कार्ड प्राप्त हुन्छ ।

– आगामी लक्ष्य ?

ग्राहकको चाहना अनुसार बजारमा आएका नयाँ ब्राण्डहरुलाई थप गर्दै जानेछु । १३ वर्ष अघि एउटा पसलबाट व्यवसाय सुरु गरेको थिएँ । अहिले ग्राहकको चाप र चाहना अनुसार के एल टावर अगाडि अर्को सोरुम नेक्सस टु सञ्चालनमा ल्याएको छु ।

– उपत्यका मोवाईल व्यवसायी संघको अध्यक्ष पनि हुनुहुँदो रहेछ नि ?

साथीहरुले विश्वास गरेर यहि २०७३ मा भएको अधिवेशनबाट मलाई अध्यक्षको जिम्मेवारी दिनुभएको छ ।

– उपत्यका मोवाईल व्यवसायी संघले चाहिँ के गरिरहेको छ ?

यो मोवाईल व्यवसायीहरुको छाता संस्था हो । यसले उपत्यकका मोवाईल व्यवसायीहरुको हक हितका लागि काम गर्दछ । यसका साथै अन्य सामाजिक काम पनि गरिरहेको छ । यसै क्रममा हाल देशमा देखिएको रगतको अभावलाई न्युनिकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशैभरि आव्हान गरे अनुरुप यस संघले शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सेन्ट्रल कम्प्लेक्स (एनसीसी बैंक भएको भवन) चावहिलमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । तसर्थ म यस पत्रिका र अनलाईन पत्रिका मार्फत ईच्छुक सबैलाई त्यहाँ उपस्थित भएर रक्तदान गर्नुहुन समेत अनुरोध गर्दछु ।

– अन्तमा केही छ की ?

मोवाईल खरिद गर्दा ब्राण्डेड नै खरिद गर्नुहोला भन्न चाहान्छु । केहि सस्तो भयो भन्दैमा डुब्लीकेट मोवाईल खरिद नगर्नुहोला ब्राण्ड हेरेर खरिद गरी ठगिनबाट बच्नुहोला भन्न चाहान्छु ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
‘सभामुखको कुर्सीले सीमाभित्र रही सही जे हो त्यो काम गर्ने हो’ : सभामुख देवराज घिमिरे

‘सभामुखको कुर्सीले सीमाभित्र रही सही जे हो त्यो काम गर्ने हो’ : सभामुख देवराज घिमिरे

वि.सं.२०८० माघ ५ शुक्रवार ११:३२

  सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति...

हुने नहुने काम गर्ने अनि दोष चाहिँ हर्क साम्पाङको टाउकोमा लगाउने ?

हुने नहुने काम गर्ने अनि दोष चाहिँ हर्क साम्पाङको टाउकोमा लगाउने ?

वि.सं.२०८० भदौ २० बुधवार १३:३७

  पछिल्लो समय मन्दिर छेवैमा बनेको चर्च र गाईगोरुको विवादले...

नेपाल-भारत सम्बन्धलाई हिमालयको उचाइसम्म पुर्‍याउनुपर्छ भन्ने जसरी राखियो, त्यसले नयाँ सन्देश दिएको छ: प्रधानमन्त्री

नेपाल-भारत सम्बन्धलाई हिमालयको उचाइसम्म पुर्‍याउनुपर्छ भन्ने जसरी राखियो, त्यसले नयाँ सन्देश दिएको छ: प्रधानमन्त्री

वि.सं.२०८० जेठ २० शनिवार १५:५६

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन्...

मैले हिजोका गलत ‘सेटिङ’ धेरैतिर भत्काएको छु: प्रधानमन्त्री

मैले हिजोका गलत ‘सेटिङ’ धेरैतिर भत्काएको छु: प्रधानमन्त्री

वि.सं.२०८० जेठ १६ मंगलवार ०८:३६

  नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रुपमा जेठ...

हाईड्रोपावरबाट उमाकुण्डबासीहरु लाभान्वित हुनुभन्दा बढी गुनासो मात्रै आउने गरेको छः उपाध्यक्ष साबित्री सुनुवार (भिडियो सहित)

हाईड्रोपावरबाट उमाकुण्डबासीहरु लाभान्वित हुनुभन्दा बढी गुनासो मात्रै आउने गरेको छः उपाध्यक्ष साबित्री सुनुवार (भिडियो सहित)

वि.सं.२०७९ चैत ४ शनिवार १७:२६

  - उमाकुण्ड गाउँपालिकामा तपाई जनताबाट जनप्रतिनिधिको रुपमा चुनिएर आएको...

चुनावी नतिजाबाट ठूलो जनमत परिवर्तनका पक्षमा छ भन्ने सन्देश आएको छ: राजेन्द्र लिङ्देन

चुनावी नतिजाबाट ठूलो जनमत परिवर्तनका पक्षमा छ भन्ने सन्देश आएको छ: राजेन्द्र लिङ्देन

वि.सं.२०७९ पुस १० आइतवार १२:२६

  लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता-कार्यकर्ता संस्थापक रहेको...