Texas College
YouTube Link

सहकारी मार्फत समृद्ध नेपालको निर्माण गर्न सकिन्छ

Facebook Link

२०४२ साल खोटाङमा जन्मिनुभएका प्रकाश दुमी राई स्नाकोत्तरको अध्ययन पुरा गरेसँगै उहाँले २०६७ मा निशाना सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. नामक सहकारी संस्था सञ्चालनमा ल्याउनुभयो उहाँ त्यस संस्थाका हालसम्म कार्यकारी प्रमुख हुनुहुन्छ । उहाँले निशाना विजनेश ग्रुपबाट शब्दालय स्कुल पनि सञ्चालन गर्नुभएको छ । उहाँ यस स्कुलका अध्यक्ष समेत रहनुभएको छ । यसका साथै उहाँ साहित्यकार, गीतकार, समाजसेवी एवं युवा नेता पनि हुनुहुन्छ प्रस्तुत छ उहाँसगै गरिएको लामासँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

– कसरी सहकारी पेशामा आउनुभयो ?
कुनै समय स्नातक सकाएर के गर्ने के नगर्ने सोच्दा–सोच्दा हैरान भएर बेकामे थिएँ म । यसै ताका एक युवा सर्कल साथीहरुबीच आफ्नै देशमा केही व्यावसायको सुरुवात गरौ भन्ने छलफल भयो र अन्तमा सहकारीको सुरुवात गरियो ।

– सहकारीको अवस्था अहिले कस्तो छ ?
सहकारीको अवस्था अहिले जोखिमपूर्ण नै छ । एक त सरकारी नियम कानुन नै फितलो छ । यसैको मौका छोपी जथाभावी फाइदा लुट्नेहरुको समुहहरुले ईमान्दारीपूर्वक सञ्चालन गर्ने समुहलाई असर गरेको छ । सहकारी सञ्चालन गर्ने कतिपय समुहहरुको लाईसेन्स नै नक्कली हो कि जस्तो लाग्छ । नक्कली लाईसेन्स भएकाले गाडी कुदाएपछि कुनै बेला दुर्घटना हुनु स्वभाविक हो ।

– जनताको पैसा खाएर भाग्ने सहकारीहरु धेरै छन् यस बारेमा तपाई के भन्नुहुन्छ ?
जनताको पैसा खाएर भाग्ने सहकारी छैनन् भन्न म पनि सक्दिँन । यो बेला मौकामा समाचारहरु आइरहेकै छन् । यस्ता गलत किसिमले सञ्चालन गरिएको सहकारीहरुले गर्दा अन्यलाई पनि असर पारेको छ । यस्ता सहकारीहरुलाई सरकारले कानुनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न सक्नुपर्छ । अघि पनि मैले भनिसके सहकारी ऐन कानुन नै फितलो छ । अतः फेरि सहकारीको पैसा खाएर भाग्नेहरु पनि प्रशस्तै छन् । यसरी बुझौं यसो हुनुको कारण फितलो सहकारी ऐन कानुनले गर्दा नै सहकारी डुब्नु साँचो यथार्थ हो यो । यस कारण मलाई लाग्छ सहकारी सञ्चालकहरुलाई मात्रै सबै दोष लगाएर पन्छिन खोज्नु चाहि उपयुक्त नहोला कि ।

– नेपालमा सहकारीको भविष्य कस्तो देख्नुभएको छ ?
भौगोलिक आर्थिक र सामाजिक परिवेशलाई हेर्दा नयाँ नेपाल निर्माणका लागि सहकारीको भूमिका अत्यन्तै महत्वपूर्ण देखिन्छ । सहकारी मार्फत नै नेपालको आर्थिक, सामाजिक विकास गर्न सकिन्छ भन्ने मेरो मान्यता छ । गाउँदेखि सहरसम्म सहकारी मार्फत लगानी व्यावसय प्रवद्र्धन, कृषि उत्पादन, बजारीकरण र सेवा लगायत सबै क्षेत्रमा व्यावसाय बृद्धि र सेवा विस्तार गर्न सक्छौ । सिधा तरिकाले भन्ने हो भने सहकारी मार्फत मात्र समृद्ध नेपालको निर्माण गर्न सकिने भएकाले मैले सहकारीको भविष्य सुन्दर देखेको छु ।

– अनुदानको आसमा पनि सहकारी खुलेका छन् भन्ने सुनिन्छ, यसले विकृति पनि ल्याएको छ कि कस्तो छ ?
सहकारी भनेको कसैको अनुदान पाउनको निम्ति परनिर्भर हुने गरी खोल्ने होइन । सहकारी किन खोलिन्छ, केका लागि खोलिन्छ, सहकारी रहर हो कि आवश्यकता हो भनेर केलाउन आवश्यक छ । सहकारी सञ्चालन गर्दा ठीक बेठीक बिचार गरेर स्वावलम्वी र आत्मनिर्भर हुने गरी मात्र संस्था स्थापना हुनुपर्दछ । त्यसो नहुँदा विकृति अवश्य आउँछ नै ।

– विगतका वर्षदेखि नै प्रस्तावित सहकारी ऐनलाई लिएर सरकार र सहकारीकर्मीहरुबीच रस्साकस्सी चलिरहेको पाइन्छ यस विवादको मुख्य कारण के हो ?
सरकारले सहकारी अभियानमा आवद्ध सरोकारवाला निकाय र व्यक्तिहरुले थाहा पाउँछन् कि जस्तो गरी एकाएक सहकारी अभियानलाई नै ध्वस्त पार्ने गरी पूर्वग्राही र अलोकप्रिय नयाँ सहकारी ऐन प्रस्ताव गरेको छ । यद्यपी त्यो सरकारको विधेयक समितिमा अड्किएको छ । त्यो प्रस्तावित सहकारी ऐन २०७२ जस्ताको तस्तै जारी भएमा भर्खर गति लिन लागेको सहकारी अभियान नै धरासायी हुन्छ यति धेरै सहकारीकर्मीहरुको भविष्य अन्धकार हुन्छ । मैले बुझे अनुसार सहकारीकर्मीहरुको मान्यता यति हो सहकारीमा लाग्ने व्यक्तिहरुले आर्थिक र सामाजिक रुपमा सुरक्षाको प्रत्याभूति गर्न पाउनुपर्छ र गलत नियतले सहकारी क्षेत्रमा कोही लागेको छ भने तिनीहरुलाई पनि कडा दण्ड सजायको व्यवस्था हुनुपर्छ भन्ने हो । नयाँ सहकारी ऐनको त पक्कै आवश्यक छ तर ऐन बनाउँदा सहकारीमैत्री हुनुप¥यो । सरकारले त सहकारीलाई कसरी आप्नो नियन्त्रणमा राख्ने भनेर नियन्त्रणमुखी देखियो यसै कुराहरुलाई लिएर सहकारीकर्मीहरु र सरकारबीच विवाद चुलिएको हो ।

– सहकारीकर्मीहरुले आ–आफ्नै प्रकारले सहकारीको व्याख्या गरेको पाइन्छ । तपाई पनि लामो समयदेखि सहकारीमा आवद्ध हुनुहुन्छ तपाईको बुझाईमा सहकारी के हो त ?
मैले बुझेको सहकारी सामुदायिक रुपमा आफ्नो समुहमा आवद्ध सदस्यहरुको आर्थिक लगायत व्यावसायिक उत्थानका लागि गरिने गतिविधिहरु नै सहकारिता हो । सहकारीको विकास भनेको सहकारी सिद्धान्त, मूल्य, मान्यता, नीति र कार्यपद्धतिको जगमा उभिएर सदस्यहरुलाई दिन सक्ने सुविधाहरुबाट आकर्षित गराउनु हो । सामुहिक उद्देश्य हाँसिल गर्न कै लागि सरकारले सहकारी संस्था दर्ता गर्नका लागि सहकार्यको भावनाले समुहको आवश्यक पर्ने व्यवस्था गरेको हो ।

– प्रसंग बदलौ, तपाई त साहित्यकार, गीतकार, समाजसेवी, युवा नेता पनि हुनुहुन्छ दौडधुप बेसी देखिन्छ, संस्थाको जिम्मेवार व्यक्ति समय चाहिँ कसरी मिलाउनुभएको छ ?
खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखानतुक्का सुन्नु भएकै होला मैले गर्नुपर्ने के हो ? आजको समय तालिका अनुसार सबै कुराको पूर्व तयारी गरिसकेपछि समयको तालिका बमोजिम चल्नुस समय सुची आफै मिल्छ । ईच्छा, जाँगर, परिश्रम, बाध्यता यी चीजहरु मान्छेको दैनिकीमा प्रत्येक पाइलामा लागु हुने चीज हुन् यी चीजहरुको जिम्मेवारीत्व बुझेपछि समयसँगको लडाईमा जित तपाई कै हो ।

– अन्त्यमा केही थप कुराहरु छुट्यो कि ?
नेपालको समग्र विकासका लागि सहकारी महत्वपूर्ण हो । सहकारी मार्फत नै आप्mनो घर, टोल, समाज, क्षेत्र र समग्र राष्ट्रको विकास सम्भव छ । सहकारीले गरेका सही र असल कामहरु आम जनता समक्ष सत्य र तथ्य सुचनाको सञ्चार हुन सकिरहेको छैन । अखबार टाईम्स साप्ताहिकले यो पक्षलाई उजागर गर्न सकोस । यसैगरी सहकारी क्षेत्रका यथार्थ कुराहरु आम जनतामा आइरहुँन । धन्यवाद ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आजको फोटो पत्रकारिता पूर्णतः डिजिटलाइज्ड भएको छ: प्रदीपराज वन्त

आजको फोटो पत्रकारिता पूर्णतः डिजिटलाइज्ड भएको छ: प्रदीपराज वन्त

वि.सं.२०८२ पुस ९ बुधवार १४:४६

  फोटो बिनाको सञ्चार परिकल्पना बाहिरको कुरा हो । सयौँ...

भ्रष्टचार भनेको अन्याय र अपराध हो, भ्रष्टचार गर्नेमाथि कारबाही हुन्छ : सुशिला कार्की

भ्रष्टचार भनेको अन्याय र अपराध हो, भ्रष्टचार गर्नेमाथि कारबाही हुन्छ : सुशिला कार्की

वि.सं.२०८२ असोज ३ शुक्रवार ११:०८

सुशिला कार्की अन्तरीम प्रधानमन्त्री २०८२ साल भाद्र २३ र २४...

सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कुलतमा छन्, रेष्टुरेण्टमा भेटिन्छन् : अनिल केडिया

सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कुलतमा छन्, रेष्टुरेण्टमा भेटिन्छन् : अनिल केडिया

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:४२

अनिल केडिया सञ्चालक, डि. ए. भि. स्कुल मानव जीवन संस्कार,...

कांग्रेस, कम्युनिष्टहरू राष्ट्रघाती र देश बेचुवाहरू हुन् : राजेन्द्र महतो

कांग्रेस, कम्युनिष्टहरू राष्ट्रघाती र देश बेचुवाहरू हुन् : राजेन्द्र महतो

वि.सं.२०८२ भदौ १७ मंगलवार १४:००

राजेन्द्र महतो अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी नेपाल अधिकार र पहिचानको...

म आफूलाई संगीतकारभन्दा पनि संगीत साधक भन्न रुचाउँछु : वरिष्ठ संगीतकार राजु सिंह

म आफूलाई संगीतकारभन्दा पनि संगीत साधक भन्न रुचाउँछु : वरिष्ठ संगीतकार राजु सिंह

वि.सं.२०८२ भदौ ४ बुधवार ११:५७

वरिष्ठ संगीतकार राजु सिंहको साँगीतिक पृष्ठभूमि नै संगीतमय थियो ।...

कलाकार बन्ने प्रयासमा छु : गायक भरत परियार

कलाकार बन्ने प्रयासमा छु : गायक भरत परियार

वि.सं.२०८२ भदौ ३ मंगलवार १३:५१

नेपाली गीत संगीतमा नयाँ परिचय बनाउदै गरेका सल्यानका गायक भरत...