Rajshow Bivag

व्यक्ति विशेष नभएर देशको निम्ति ठाउँको निम्ति एकदम दृढ भएर अगाडि बढ्छु : शेरबहादुर सुनुवार

Departmant of helth services

– उमाकुण्ड गाउँपालिका प्रमुखमा निर्वाचित भएपछि विकास निर्माणका क्षेत्रमा हालसम्म भएका प्रगतिहरु के के हुन् संक्षिप्तमा प्रकाश पारिदिनुहोस न ?

हामी जनताबाट निर्वाचित भएको लगभग ९–१० महिना भईसक्यो यो बीचको अवधिमा अहिलेको यो संघीयता सहितको संविधान, फरक खालको नयाँ संरचना, नयाँ ढाँचा, नयाँ तरिकाले काम गरेका छौं । दुई दशक अगाडि म ०५४ सालमा पनि गाविस अध्यक्षको हिसावले जसरी म काम गर्थे त्यतिबेला । अहिले फरक ढंगले काम गर्नुपर्ने भएको हुनाले धेरै किसिमको काम गर्नुपर्ने हुन्छ । राजनीतिक ढंगले त हामी आ–आफ्नो हिसावमा छौं । तर फरक संरचनाले गर्दा अलि असहज परिस्थिति भएको महसुस भएको जस्तो मलाई लागेको छ । खासै फरक महसुस भएता पनि पहिले मैले अनुभव गरेको र जनप्रतिनिधिहरुले निर्वाचित गरेर पठाएको हिसावले मलाई एउटै जस्तो लाग्छ । अहिले चाहि एकातिर संरचना बुझ्दै जानुपर्ने अर्को तिर विकास निर्माणको काम पनि गर्दै जनुपर्ने भएको हुनाले यी दुईवटाको बीचमा तालमेल मिलाएर विकासका लागि अगाडि जाने काम मैले बनाएको छु ।

– विकासका लागि आगामी योजनाहरु के कस्ता खालका रहेका छन् र स्थानीय जनताहरुबाट कस्तो खालको सहयोग पाउनुभएको छ ?

पक्कै पनि मेरो रामेछाप जिल्लामा आठ वटा स्थानीय तहहरु छन् । जसमध्ये एक उमाकुण्ड गाउँपालिका हो । जहाँ म निर्वाचित भएर हाल गाउँपालिका प्रमुख भएको छु । त्यहाँको आर्थिक समृद्धिका कुरा र विकास निर्माणको कुराहरुलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने मैले पहिल्यै अनुभव गरेको छु । मेरो गाउँपालिकामा ७ वडा वडाहरु पर्दछन मैले ७ वटा वडामा काम गर्नुपर्छ । आर्थिक समृद्धि र विकास निर्माणलाई आवदिक योजना, दिर्घकालिन योजना र मध्यकालिन योजना बनाएर मैले तीन किसिमको योजना लिएर अगाडि बढेको छु । म निर्वाचित भएको लगभग एक महिनापछि हतार हतारमा मैले वजेट प्रस्तुत गरेको थिएँ । ती बजेटलाई तीन वटा योजना बनाएर अगाडि बढेको छु त्यो योजना अहिले तीब्र रुपमा लगभग लगभग ७५ प्रतिशत कामहरु अगाडि बढाएको छु । जस्तो बाटोको कुराहरु भो, शेयर, बत्तीका कुराहरु भो स्वास्थका कुराहरु भो तमाम कामहरु अहिले अगाडि बढ्ने क्रममा छ ।

– तपाईको विकास योजनामा कुन कुन क्षेत्रलाई प्राथमिकता दिनुभएको छ ?

सबैभन्दा पहिले कुरा त विकास पूर्वधारको बाटो । मैले भन्ने गरेको छु जब म गाविस अध्यक्ष हुँदा पनि ०५८ सालमा त्यो गाउँपालिकामा मैले बाटो पु¥याएको थिएँ । त्यो बेला मैले भनेको थिएँ त्यो बाटो आउँदा तपाईहरु खुशी पनि बन्नुहोस या दुःखी पनि बन्नुहोस भनेर अहिले अधिकांश बाटो पुगिसकेपछि धेरै मान्छेहरुलाई खुशी पनि छ र दुःखी पनि छ । खुशी यस अर्थमा छ त्यो बाटोलाई सही सदुपयोग गरेर आर्थिक समृद्धिलाई आपूmले अनुभव गरेको मान्छेलाई खुशी छ र दुखी यस अर्थमा पनि छ जुन बाटोलाई सही उपभोग गर्नुपर्ने हो उपभोग गर्न नजानेकोले पनि दुःखी बनेका छन् । त्यस हिसाबले मैले बाटोलाई नै प्राथमिकता दिएर लगभग मेरो बजेट पनि कुल चालु बजेटको पुँजीगत बजेटको पनि ५० प्रतिशत मैले बाटोलाई नै बिनियोजित गरेको छु ।

– विकासको हिसावले पिछडिएको जिल्ला रामेछाप अन्तर्गतको उमाकुण्ड गाउँपालिकामा विकास निर्माणको काम खासै भएको देखिदैन यसलाई कसरी लिनुभएको छ ?

पक्कै पनि मैले भन्ने गरेको छु रामेछाप जिल्लाको अति विकट भौगोलिक हिसावले विकटता तर जलस्रोत, जंगल, जडिबुटिले त्यहाँको स्रोत साधानले अति सुगमता भएको हुनाले ती चिजलाई प्रयोग गरेर त्यो भौगोलिक विकटतालाई पनि पछाडि पारेर विकटतालाई अलिकति त्यसलाई महसुश नराख्ने गरी अहिले मैले सबै ठाउँमा वजेटहरु विनियोजन गरेको छु । विशेषता बाटोलाई नै गरेको छु बाटो पुगेपछि त्यहाँको जल प्रयोग गर्न पाईयो जमिन प्रयोग गर्न पाईयो जडिबुटि प्रयोग गर्न पाईयो । पर्यटन प्रवद्र्धनको निम्ति बाटो खुल्यो त्यस हिसावले चाहि मैले हेरेको छु ।

– तपाईको नेतृत्वमा हुने विकास निर्माण र समृद्धिको महशुस गर्न स्थानीय जनताले कति समय पर्खनुपर्ला ?

मैले भन्ने गरेको छु यो भौतिक पूर्वाधारको विकास तीन वर्षमा गर्नेछु । बाटो, विद्युत, स्वास्थ्य शिक्षालाई पनि आधारभुत पु¥याएर विकास गर्ने छु । समग्र उमाकुण्ड गाउँपालिकालाई आर्थिक समृद्धि र विकास निर्माणका निम्ति पाँच वर्षभित्र मैले एउटा वेस बनाएर जानेछु । १५ या १६ वर्षबीचमा त्यहाँको कुनैपनि जनतालाई तपाईको आर्थिक रुपमा विपन्न हुने खालको वातावरण बनाउँदिन भनेर मैले भनेको छु त्यसको लागि यी चीजहरु मैले अघि नै भने जस्तै जल, जमिन, जडिबुटिलाई प्रयोग गरेर मैले त्यहाँको मान्छेलाई त्यहाँको जनतालाई सम्पन्न गर्छु भनेर मैले भनेको छु यही कुरालाई प्रयोग गरेर सम्पन्न बनाउनेछु र त्यहाँको जनताले विकासको अनुभव गर्न पाउनेछन् ।

– चुनावको बेला जनतालाई बाँड्नुभएको तपाईको मुख्य एजेण्डा र योजनाको कार्यान्वयन कहाँसम्म पुग्यो ?

अहिले मैले के भनेको छु भने सबैभन्दा पहिले गाउँ गाउँमा वडा वडामा मैले चुनावी दौडानमा जाँदाखेरी मैले बोलेका कुरा नम्बर एक म त्यो पुरा गर्नेछु । प्रत्येक वडा वडामा बाटो पु¥याउँछु । प्रत्येक वडामा बत्ती प्रत्येक वडामा शिक्षा र स्वास्थको पहुँच पुरयाउने छु । मुख्य कुरा कृषिका कुराहरु कृषिलाई चाहि आधुनिकिकरण गर्दै कृषिमा परनिर्भरता हैन आत्मनिर्भरता बनाउने हिसावले अहिले जतिपनि बजेटहरु छुट्याइएको छ विनियोजित भएको छ तीब्र रुपले कृषिको बजेट पनि अहिले पशुपालनको बजेट पनि शिक्षा स्वास्थ्यको बजेट पनि सबै क्षेत्रको बजेट कार्यान्वयनमा गएको अवस्था छ । अहिले यो ईन्टरभ्यूदिइरहँदा काठमाडौंमा विशेषता अहिले कुनैपनि कानुन नबनाइकन अगाडि नबढ्ने स्थिति आएको हुनाले ती कानुन बनाउनको निम्ति विशेषता स्थानीय तहमा कसरी जाने भन्ने विषयमा विज्ञहरुसँग छलफल गर्नको निम्ति म यहाँ आएको छु ।

– वैदेशिक रोजगारमा जाने युवाहरुलाई गाउँपालिकामै रोजगारी सिर्जना गर्ने गरी युवा लक्षित कुनै कार्यक्रमहरु ल्याउनुभएको छ ?

पक्कै पनि विशेषतः कृषिमा आत्मनिर्भरता भने जस्तै गरी अघि मैले भने जस्तै अहिले मैले यसपालीको बजेट पनि कृषिमा लगभग लगभग ८२ लाख रुपैयाँ विनियोजित गरेको थिएँ । कम्तिमा चाहि अहिले अनुदानमा हैन ऋणमा कम्तीमा १० वर्षलाई ऋणमा दिने त्यस्ता खालको एउटा स्कील सिप भएको युवाहरुलाई कुखुरा पालनमा होस या बाख्रा पालनमा होस जे होस कृषिमा आधारित जेसुकै होस त्यसलाई चाहि कम्तीमा दुई चार लाख बजेट चाहि विनियोजित गरेर उसलाई चाहि आत्मनिर्भर बनाउने र विदेश पलायन हुनबाट रोक्नका निम्ति मैले यो कार्यक्रम ल्याएको छु । बजेट मैले अघि भने जस्तैगरी विनियोजित गरेको छ त्यो बजेटहरु अब सामुहिक रुपमा व्यक्तिगत रुप हैन सामुहिक रुपमा १० जना ५ जनालाई चाहि दक्ष र सिपको आधारमा संस्था दर्ता गरेर आउनेलाई त्यो बजेट चाहि अहिले मैले दिदै गरेको छु । अहिले उमाकुण्ड गाउँपालिकालाई कृषिमा दुई वटा क्षेत्र पकेट क्षेत्र र ब्लक क्षेत्रको लागि संस्था दर्ता गरेर पनि आइसकेका छन् । त्यो कार्यक्रम अगाडि बढेको छ । लगभग त्यो कार्यक्रमले पनि धेरै युवाहरुलाई त्यहाँ बाध्ने छ । यसरी मैले चाहि बैदेशिक रोजगारमा जाने युवाहरुलाई चाहि विस्तारै विस्तारै त्यसरी रोक्ने काम मैले गरेको छु ।

– तपाईको ५ वर्षे कार्यकालमा गर्ने योजनाहरु के–के हुन ? बुँदागत रुपमा प्रष्ट पारिदिनुहोस न ।

पाक्कै पनि मैले यो पाँच वर्षभित्र सबैभन्दा पहिलो कुरो त चार वटा कुराहरु मैले भन्दै आएको छु । ईच्छाशक्ति, प्रष्ट दृष्टिकोण, ईमान्दारिता र निष्पक्षता यी कुराहरु भयो भने पाँच वर्षभित्र जसले मैले मेरो घोषणपत्र व्यक्तिगत रुपले पनि घोषणापत्रहरु बनाएको छु सुरक्षित साथ राख्नुहोला भनेर मैले भनेको छु चुनावको दौडानमा र मैले बोलेको पनि छु । त्यसले गर्दा कम्तीमा पनि त्यहाँ अहिले मैले भने जस्तै आर्थिक यो जतिसुकै हामीले शिक्षाका कुरा गर्छौ स्वास्थ्यका कुरा गर्छौ विकास निर्माणका कुराहरु गर्छौ मेरो अनुभूति मेरो अनुभव जबसम्म त्यहाँको मान्छेलाई आर्थिक रुपले समृद्धि बनाउँदैन त्यो विकासको निर्माणहरुको अनुभुति लिदैन विशेषतः मैले त्यहाँको मान्छेलाई आर्थिक रुपमा समृद्धि बनाउने मेरो फोकस हुन्छ र अहिले मैले अघि नै भने जस्तै पाँच वर्षभित्र कम्तिमा पनि मैले आर्थिक समृद्धि गर्नको निम्ति एउटा वेस बनाएर विकास निर्माणको कुरा त साथी हो कुरै नगर्नुहोस मैले भनेको छु । तीन वर्षभित्र मैले कम्प्लेट्ली त्यहाँको बाटो निर्माण, पुल पुलेसो, शिक्षा र स्वास्थ्यमा एउटा आधार बनाउँछु पनि । तर त्यहाँको मान्छेलाई आर्थिक समृद्धि गर्नको निम्ति जसरी मलाई निर्वाचित गराएर पठाएका छन् त्यो अनुभूति जनतालाई मैले गराउने छु ।

– टोल टोलमा सडक पुरयाएर मात्र विकास हुँदैन सडक निर्माण बाहेक जनताले आर्थिक समृद्धिमा प्रत्यक्ष प्रभाव पार्ने काम चाहि के–के हुनेछ त ?

फेरी मैले यो कुराहरु भन्नै पर्यो । गाउँपालिकाको केन्द्रको विषय र नाम परिवर्तनको कुरा गाउँमा केही चर्चा र परिचर्चा चलेको छ । त्यसो भएको हुनाले साथीहरु हो गाउँपालिकाको केन्द्र कहाँ बस्छ भन्ने कुराहरु ठुलो विषय हैन सबैभन्दा पहिलो कुरो गुम्देलमा बाटो पुग्नु पर्यो, गुम्देलको मान्छे आर्थिक रुपले समृद्धि हुनुपर्यो, बत्ती पुग्नु पर्यो शिक्षामा उन्नति हुनुपर्यो, स्वास्थ्यमा पहुँच पुग्नु पर्यो भनेर भनेको छु । त्यसले गर्दाखेरी केन्द्र ठाउँले गर्दा मात्रै हैन त्यहाँको मान्छेलाई आर्थिक रुपले सम्पन्न बनाउनको निम्ति त्यो केन्द्रको विषय ठुलो कुरो भएन ठाउँको विषय ठुलो भएन पहिला म बुँदागत रुपमा प्रत्येक वडामा बाटो पुर्याउने कुराहरु, बत्ती पुर्याउने कुराहरु, शिक्षाको कुराहरुमा बजेट विनियोजित गरेको छु ठाउँठाउँमा अहिले बाटो पुगेका पनि छन् लगभग । मैले बोलेको छु सातै वडामा यो हिउँद वर्षा नियमित रुपमा बाटो चल्ने भनेको छु अब नियमित रुपमा बाटो चल्ने वालामा छ । एउटा गुम्देल बाहेक लगभग यो वर्ष हिउँद वर्षा बाटो चल्ने काम तिब्र रुपमा अहिले काम भईरहेको छ । सोलिङ हुने कामहरु, कटिङ हुने कामहरु, नाला बनाउने कामहरु, ग्राबेल हुने कामहरु तिब्र रुपले अगाडि बढेको छ । त्यो सँगसँगै मैले अघि नै भने जस्तै गरी त्यो पुगेर मात्र नहुने रैछ आर्थिक रुपमा सम्पन्न हुनको निम्ति अनुभूति लिनको निम्ति उदाहरणको लागि दोलखाको जिरीमा बाटो पुगेको छ हरेक कुराहरु शिक्षा स्वस्थ्यको कुराहरु पुगेको छ । मन्थलीमा पनि त्यही खालको भएको छ तर मन्थलीमा चाहि त्यहाँको माझी बस्तीहरु बिस्थापित भएर हिँड्नु परेको छ । त्यो विकासको लागि अनुभूतिको कुरा भएन आर्थिक रुपमा सम्पन्नता भएको भए त्यहाँको मान्छे विकासको अनुभूति लिन्थे जिरीमा पनि त्यो खालको अनुभूति लिन्थे त्यसले गर्दाखेरी विशेषताः आर्थिक समृद्धि त्यही बाटोबाट कम्तीमा यहाँबाट गाडी चढेर मन्थलीबाट उमाकुण्ड पुग्ने गुम्देल पुग्ने अनि गाडी चढेर आउने मात्र हैन कि चामल पुर्याएर खाने मात्रै हैन त्यो बाटोबाट त्यहाँको उत्पादित भएको हरेक कुराहरुको त्यहाँ जडिबुटी छन् काठहरु छन् त्यहाँको उत्पादन भएको फापर छ कोदो छ सागसब्जी छ हरेक कुराहरु छ त्यसलाई चाहि एक्स्पोर्ट गरेर कम्तीमा पनि बाहिर जाने पैसा चाहि त्यही आउने वातावरण बनाएर आर्थिक रुपमा समृद्धि बनाउने पहिलो मेरो भिजन र दृष्टिकोण रहेको छ ।

– केन्द्रको विषय उठाउनुभयो हालको साविक केन्द्र स्थान्तरण हुने कुरा आएको छ यसबारे केही बताइदिनुहोस न ।

मैले अघि नै भने जस्तै समग्रमा सातै वडाको गाउँपालिकाको अध्यक्ष हुँ । हो स्वभाविक रुपले केन्द्र कसैले नजिक पार्दे कसैले मेरो घरको छेउमा पार्दे भन्ने हुन्छ तर त्यो होइन मैले अघि नै भने जस्तै गरी समग्र त्यो उमाकुण्ड गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषय ठुलो कुरो होइन हिजो नै सिमा निर्धारण आयोगले केन्द्र तोकेर पठाएको अवस्थामा लगभग अब त नौ महिना भैसक्यो र अहिले दिएको संविधान र राजपत्रले पनि उल्लेख गरिसकेको अवस्थामा कुनैपनि ठाउँ या नाम परिवर्तन गर्नुपर्ने भयो भने निर्वाचित भएको ६ महिनाभित्र सामान्य बहुमतले निर्णय गर्नसक्ने छ एक पटकको लागि भनेर भनेको अवस्थामा मैले बोलिराख्नुपर्छ भन्ने मलाई लाग्दैन । अब बोलिसक्यो केन्द्रको विषयमा सिमा निर्धारण आयोगले तोकेर पठाइसक्यो च्यादलु भनेर र संविधानले पनि दिएको अधिकारले अब ९ महिना सकियो अघि नै मैले भनिसके अब यो बोलिराख्नुपर्ने जरुरी छैन ।

– भूकम्पपछिको पुनः निर्माणको क्षेत्रमा तपाईको तर्फबाट के कस्ता कार्यहरु भईरहेका छन् ?

निर्वाचन ०७४ मा भयो भूकम्प ०७२ मा गयो सबै वडाका वडा अध्यक्षज्यूहरुलाई पहिलो काम भनेको भूकम्पमा पडित भएकाहरुलाई हामीले कसरी छिटोभन्दा छिटो राहत दिने भनेर मैले सातै वडामा आ–आफ्नो खालको सबै वडामा कमिटि बनाएको छु । त्यो कमिटि मार्फत तत्काल क–कसलाई कस्तो किसिमको समस्या पर्छ त्यो समस्या वडाबाट भयो भने वडाबाट भएन भने मलाई जानकारी गराउनुहोस भनेको छु । मैले कहाँबाट को मार्फत गरिनुपर्ने हो म गर्छु भनेर मैले उहाँहरुलाई त्यो बैठकमै चलाएको थिएँ । त्यसले गर्दा तिब्र रुपमा लगभग लगभग उमाकुण्ड गाउँपालिकामा रामेछाप जिल्लाकै भूकम्प प्रतिरोधात्मक घर बनेको छ तर अहिले जसरी राज्यले एउटा मापदण्ड बनाएको छ भूकम्पका लागि त्यो मलाई चित्तै बुझेको छैन मैले बारम्बार कुरा उठाएको छु । वास्तवमा रामेछाप जिल्ला चाहि पुननिर्माण गर्ने क्रममा पहिलो नम्बरमा छ । मैले के भनेको छु भने हैन पुननिर्माणमा पहिलो नम्बर बनेर हैन पहिलो नम्बर बन्नको निम्ति त्यहाँको जनता चाहि खुशी हुनुपर्यो । अहिले दुई कोठाको घर बनेको छ त्यो आवश्यकता हैन त्यो आवस्यकता भन्दा कम अब त्यहाँ चाहि त्यो दुई कोठामा कुखुरा राख्ने कि बाख्रा राख्ने ? हिजो आ–आप्mनो खालको जिवनशैली र आ–आफ्नो किसिमको घर थियो त्यो खालको घर बनाएर खुशिसँग बाँच्नु पर्यो अनि मात्र पुननिर्माण सफल हुन्छ भनेर मैले भनेको छु । तर अहिले जे जति पिडितहरु छन् ती पिडितहरुको नाम एउटै पनि नछुटाइकन लाभकारी काम जारी छ अहिले पनि दुई चार जनाको नाम छुटेको छ त्यो पनि खोजी गरेर पिडितको नाम समावेश गराईकन कुनैपनि पिडितलाई नछुटाउने काम भएको छ ।

– अन्त्यमा समग्र रामेछापवासी र विशेष गरी उमाकण्ड गाउँपालिकाबासीलाई के भन्न चाहानुहुन्छ ?

अब सबैभन्दा पहिलो कुरो के छ भने हामीले खोज्ने मात्रै हैन दिनपनि सक्नुपर्छ त्यसले गर्दाखेरी मैले जति कुराहरु गरेपनि चार वटा कुरा ईच्छाशक्ति, प्रष्ट दृष्टिकोण, ईमान्दारिता र निष्पक्षता त्यो छैन भने केही पनि हुँदैन त्यसले गर्दाखेरी मैले त्यो अठोट लिएर अगाडि बढेको छु । त्यसमा कुनैपनि राजनीतिक पार्टीमा हामी छैनौ सबैको जननिर्वाचित प्रतिनिधि हौ त्यो हिसावले चाहि मैले बारम्बर के भनेको छु भने सबै उमाकुण्डको जनता बुद्धिजिवि शिक्षक वर्ग सबैलाई मैले के भनेको छु भने म नेतृत्व गर्छु यो गाउँपालिको समग्र विकास निर्माणको लागि अगाडि बढाउनको निम्ति त्यसको लागि मलाई सहयोग गरिदिनुपर्यो के सहयोग गर्नुपर्यो भने मैले गरेको कमीकमजोरी जस्तै मैले गरेको ठाउँमा टोल टोलमा नपुगेको हुन सक्छु त्यहाँ बाटो नपुगेको हुनसक्छ त्यसको निम्ति मलाई भन्नुपर्यो त्यो कुरा सम्बन्धित ठाउँमा पुर्याउँछु । त्यसले गर्दाखेरी त्यस्तो कुरामा सल्लाह सुझाव मलाई दिनुपर्यो । म पूर्ण रुपले पाँच वर्षभित्र उमाकुण्ड गाउँपालिकामा विकासको महसुस गराउने छु । मैले यो ईन्टरभ्यू दिईरहँदाखेरी दिएको जस्तो होला तर मैले जसरी पनि यो पाँच वर्षभित्र तपाईहरुले पनि देख्नुहुनेछ भोलि । यसै सन्दर्भमा मैले एउटा कुरा जोड्ने चाहे अस्ती भर्खर उमाकुण्ड गाउँपालिका वडा नं. २ बाम्तीमा सांस्कृतिक महोत्सव भएको थियो त्यहाँ एक जना हाम्रो बल्छी धुर्मस की के भन्ने एकजना कलाकार हुनुहुन्थ्यो अरु कलाकार साथीहरु पनि जानु भएको थियो यो बाटो चाहि हिमाली बाटो हैन यो बाटो चाहि झाँक्री बाटो हो भन्दै हुनुहुन्थ्यो । अब तपाई तीन वर्ष पाँच वर्ष पर्खिनु पर्दैन दुई वर्षपछि आउनुहोस तपाई यो बाटो भएर सलल कावा गुम्बा पुग्नुहुनेछ उमातिर्थ पुग्नुहुनेछ भनेर उहाँलाई भनेको छु । यस्तै गरी पाँच वर्षभित्र यी सबै कुराहरुलाई पुरा गर्ने एउटा योजना बनाएर म अगाडि बढेको छु । यो कुनै सन्देह छैन नहुने भन्ने कुरा छैन त्यसले गर्दा मैले अघि पनि भने यो तिता मिठा कतिपय कुराहरु के छ भने अहिले भने हिजोको जुन संस्कार छ पार्टी दल यावत कुराहरु छ यो हैन अब सबैको भनेको त्यहाँको आर्थिक समृद्धि गर्ने कुराहरु विकासका कुराहरुमा मैले कुनैपनि पक्षपात या कुनै व्यक्ति विशेष नभएर देशको निम्ति ठाउँको निम्ति एकदम दृढ भएर अगाडि बढ्छु सबै जुन सुनिरहनुभएका साथीहरुले पनि पढ्नुभएका साथीहरुले पनि त्यो खालको एउटा पोजेटिभ सल्लाह सुझावहरु मलाई दिनुहोस म पूर्ण रुपले राम्रा कुरालाई मैले लगेर जाने छु नराम्रा कुरालाई म जोसुकै होस पार्टी नेता व्यक्ति म भन्दिन त्यसैले पनि मलाई सहयोग गर्न आपेक्ष गरेको छु ।

– हस तपाईको कार्य व्यस्तताका कारण पनि यहाँले हामीलाई समय दिएर केही कुरा राखिदिनुभयो आगामी दिनको कार्यकालको सफलता सहित यहाँलाई धन्यवाद ।

धन्यवाद मलाई पनि मेरो गाउँपालिकाको केही कुरा राख्न दिएर अवसर दिएर मौका दिनुभएको छ । त्यसको लागि अखबार अनलाईन टिभी, अखबारनेपाल डटकम र अखबार टाईम्स साप्ताहिकलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

 

बुधबार, चैत्र २१, २०७४ मा प्रकाशित अन्तर्वार्ता

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
‘सभामुखको कुर्सीले सीमाभित्र रही सही जे हो त्यो काम गर्ने हो’ : सभामुख देवराज घिमिरे

‘सभामुखको कुर्सीले सीमाभित्र रही सही जे हो त्यो काम गर्ने हो’ : सभामुख देवराज घिमिरे

वि.सं.२०८० माघ ५ शुक्रवार ११:३२

  सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति...

हुने नहुने काम गर्ने अनि दोष चाहिँ हर्क साम्पाङको टाउकोमा लगाउने ?

हुने नहुने काम गर्ने अनि दोष चाहिँ हर्क साम्पाङको टाउकोमा लगाउने ?

वि.सं.२०८० भदौ २० बुधवार १३:३७

  पछिल्लो समय मन्दिर छेवैमा बनेको चर्च र गाईगोरुको विवादले...

नेपाल-भारत सम्बन्धलाई हिमालयको उचाइसम्म पुर्‍याउनुपर्छ भन्ने जसरी राखियो, त्यसले नयाँ सन्देश दिएको छ: प्रधानमन्त्री

नेपाल-भारत सम्बन्धलाई हिमालयको उचाइसम्म पुर्‍याउनुपर्छ भन्ने जसरी राखियो, त्यसले नयाँ सन्देश दिएको छ: प्रधानमन्त्री

वि.सं.२०८० जेठ २० शनिवार १५:५६

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन्...

मैले हिजोका गलत ‘सेटिङ’ धेरैतिर भत्काएको छु: प्रधानमन्त्री

मैले हिजोका गलत ‘सेटिङ’ धेरैतिर भत्काएको छु: प्रधानमन्त्री

वि.सं.२०८० जेठ १६ मंगलवार ०८:३६

  नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रुपमा जेठ...

हाईड्रोपावरबाट उमाकुण्डबासीहरु लाभान्वित हुनुभन्दा बढी गुनासो मात्रै आउने गरेको छः उपाध्यक्ष साबित्री सुनुवार (भिडियो सहित)

हाईड्रोपावरबाट उमाकुण्डबासीहरु लाभान्वित हुनुभन्दा बढी गुनासो मात्रै आउने गरेको छः उपाध्यक्ष साबित्री सुनुवार (भिडियो सहित)

वि.सं.२०७९ चैत ४ शनिवार १७:२६

  - उमाकुण्ड गाउँपालिकामा तपाई जनताबाट जनप्रतिनिधिको रुपमा चुनिएर आएको...

चुनावी नतिजाबाट ठूलो जनमत परिवर्तनका पक्षमा छ भन्ने सन्देश आएको छ: राजेन्द्र लिङ्देन

चुनावी नतिजाबाट ठूलो जनमत परिवर्तनका पक्षमा छ भन्ने सन्देश आएको छ: राजेन्द्र लिङ्देन

वि.सं.२०७९ पुस १० आइतवार १२:२६

  लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता-कार्यकर्ता संस्थापक रहेको...