Texas College
YouTube Link

डेंगु सङ्क्रमण भदौ र असोजमा उच्च हुने प्रक्षेपण

बर्खायाम सुरु भएसँगै पानी पर्न थालेपछि सङ्क्रमण बढ्दै गएको छ

Facebook Link

 

काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेंगु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिए ।

 

उनका अनुसार असोजपछि भने डेंगु सङ्क्रमण क्रमशः कम हुँदै जाने छ । उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढेको बताए । गत वर्ष पनि वैशाखदेखि नै सङ्क्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च सङ्क्रमण भई देशभरिका ७७ जिल्लामा फैलिएको थियो ।

 

“बर्खायाम सुरु भएसँगै पानी पर्न थालेपछि सङ्क्रमण बढ्दै गएको छ”, उनले भने, “निरन्तरको वर्षा र पानीले सङ्क्रमण अझै बढ्ने जोखिम छ ।” पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ ।

 

महाशाखाका अनुसार यही असार २७ गते एक हजार ३३७ सङ्क्रमण भएकामा साउन १ गतेसम्म आइपुग्दा सङ्ख्या बढेर २ हजार ९३० पुगेको छ । महाशाखाका निर्देशक डा मरासिनीले कार्ययोजना अनुसार डेङ्गु रोकथाम र नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहको सरकारका साथै अस्पतालहरूलाई निर्देशन दिइसकेको जानकारी दिए ।

 

कार्ययोजना अनुसार लामखुट्टे नियन्त्रणका लागि भौतिक पूर्वाधार, खानेपानी तथा ढल व्यवस्थापन, सहरी विकास, शिक्षा र सञ्चार निकायसँग समन्वय गरिने छ । यस्तै लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ ।

 

वर्षायामसँगै डेङ्गु रोग सार्ने लामखुट्टेको वृद्धि विकास हुने स्थान प्रचुर मात्रामा हुने हुँदा बहुपक्षीय समन्वय र सहकार्यबिना लामखुट्टे नियन्त्रण गर्न कठिन हुने, डेंगु पहिचानका लागि आवश्यक डेंगु किटको अभाव, लामखुट्टेको निगरानी गर्न इन्टोमोलोविष्ट तथा आर्थिक स्रोतको अभाव, स्वास्थ्य मन्त्रालयबाहेक अन्य सरोकारवाला मन्त्रालयको भूमिकालाई पैरवी हुन नसकेको उल्लेख गरिएको छ ।

 

घरदैलो कार्यक्रम

महाशाखाले डेंगु रोगको रोकथाम र उपचारका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ । कार्ययोजनामा डेङ्गु सचेतनाका लागि विद्यालय शिक्षा र घरदैलो कार्यक्रम गर्ने पनि उल्लेख गरिएको छ ।

 

यसैगरी जोखिम नक्सांकन तथा हट-स्पट पहिचान गर्ने, डेङ्गु सेरोटाइपको पहिचान, लामखुट्टेमा डेंगु भाइरसको आइसोलेसन गर्ने, अस्पतालमा डेंगु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्ने, डेंगु रोगको निदानका लागि आवश्यक किटको व्यवस्था गर्नेसमेत कार्ययोजनमा उल्लेख छ ।

 

गत वर्ष ५५ हजारभन्दा बढीलाई सङ्क्रमण र ८८ जनाको सङ्क्रमणको कारणले निधन भएको थियो । डेंगुबाट मृत्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी मृत्यु ५५ वर्ष वा सोभन्दा बढी उमेर समूहका रहेको पाइएको छ । मृत्यु भएका व्यक्तिमा डेङ्गुसँगै निमोनिया, स्क्रवटाइफस लगायतका सङ्क्रमणसमेत पाइएको छ ।

 

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ । रासस

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...