पछिल्लो २४ घण्टामा थपिए १० हजार ३ सय १९ कोरोना संक्रमित
वि.सं.२०७८ माघ १० सोमवार १६:२४
1.9K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५४ जनाको पीसीआर परीक्षणमा ८ हजार ५४ र ४ हजार ५ सय ४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार २ सय ६५ जनामा कोरोना पुष्टि जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ५ सय ४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब ७ रहेको छ ।
वि.सं.२०७८ माघ १० सोमवार १६:२४




















