YouTube Link

साविक विजेता संकटालाई हराउँदै मछिन्द्र आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश

Facebook Link

 

 

काठमाडौं: पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा साविक विजेता संकटालाई हराउँदै मछिन्द्र क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 

पोखरा रंगशालामा सोमबार भएको खेलमा मछिन्द्रसँग ४-१ गोल अन्तरले पराजित हुँदै संकटा बाहिरिएको हो ।

 

मछिन्द्र भने पहिलो पटक आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

मछिन्द्रलाई जित दिलाउन मेसुके ओलोमोउले दुई गोल गरे ।

 

यस्तै उत्सव राई र अविशेक गुरुङले एक-एक गोल गरे ।

 

संकटाका लागि गणेश हमालले एक मात्र गोल फर्काउन सफल भए ।

 

खेलको १२औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

खेलको ४७औं मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए ।

 

खेलको ६३औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २-१ को स्थितिमा ल्याए ।

 

अविशेकले खेलको ८४औं मिनेटमा गोल गरेपछि मछिन्द्रले ३-१ को अग्रता बनायो ।

 

त्यसपछि खेलको ८६औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४-१ को सहज जित दिलाए ।

 

अब मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ ।

 

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा  कुल १० टिमको सहभागिता रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...