साविक विजेता संकटालाई हराउँदै मछिन्द्र आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश
वि.सं.२०७८ माघ १० सोमवार १६:४०
2.4K
shares
काठमाडौं: पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा साविक विजेता संकटालाई हराउँदै मछिन्द्र क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा मछिन्द्रसँग ४-१ गोल अन्तरले पराजित हुँदै संकटा बाहिरिएको हो ।
मछिन्द्र भने पहिलो पटक आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मछिन्द्रलाई जित दिलाउन मेसुके ओलोमोउले दुई गोल गरे ।
यस्तै उत्सव राई र अविशेक गुरुङले एक-एक गोल गरे ।
संकटाका लागि गणेश हमालले एक मात्र गोल फर्काउन सफल भए ।
खेलको १२औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४७औं मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए ।
खेलको ६३औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २-१ को स्थितिमा ल्याए ।
अविशेकले खेलको ८४औं मिनेटमा गोल गरेपछि मछिन्द्रले ३-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ८६औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४-१ को सहज जित दिलाए ।
अब मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।
वि.सं.२०७८ माघ १० सोमवार १६:४०




















