पछिल्लो २४ घण्टामा ११,३५२ कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
वि.सं.२०७८ माघ ५ बुधवार १६:५८
1.7K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ८८ जनाको पीसीआर परीक्षणमा ९ हजार ५ सय २ र ५ हजार ३ सय ३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ८ सय ५० जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जना मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ६ सय १३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
वि.सं.२०७८ माघ ५ बुधवार १६:५८



















