YouTube Link

ट्यांकर चालकलाई कोरोना विरुद्धको खोपको व्यवस्था भयो

Facebook Link

काठमाडौं:  ट्यांकर चालकलाई कोरोना विरुद्धको खोप व्यवस्था गर्ने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटाउन ट्यांकर चालकलाई खोपको व्यवस्था गर्ने निर्णय गर्को हो ।

 

आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प रहेको थियो । कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित ट्यांकर चालकले पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएका थिए । ट्यांकर चालक संघले माग गरेको कोरोनाविरुद्धको खोप व्यवस्था गरेर अवरोध हटाएको निगमले जनाएको छ ।

 

नेपाल आयल निगम र ट्यांकर चालक संघले बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । खोप भोलिबाट लगाउन शुरु हुने भएको छ । ट्यांकर चालक संघले राखेको माग पुरा भएसंगै अब पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ ।

 

ट्याङ्कर चालक संघले कोरोनाविरुद्धको खोप उपलब्ध हुने भएसंगै पेट्रोलियम पदार्थको ढुवानी सेवा आजबाट नै शुरु हुने जनाएको छ । चालकले आन्दोलन गरेको कारण काठमाडौं उपत्यकको केही पेट्रोल पम्पले पेट्रोल छैन भनेर बोर्ड नै राखेका थिए भने केही पम्पले निरन्तर तेल दिइरहेका थिए ।

 

हालसम्म ५० चालक र १३ सह चालक कोरोना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । थानकोट र अमलेखगन्ज गरेर झण्डै २२ सय चालक तथा सहचालकले खोप लगाउन बाँकी रहेको संघले जनाएको छ ।

 

निगमका अनुसार भैरहवामा ६ सय, विराटनगरमा ६ सय, नेपालगञ्जमा २ सय ५० र चारआलीमा ६० जना चालक र सहचालकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

 

यो पनि पढ्नुहोस् :

किसानले असारमा धान रोप्ने समयमा रासायनिक मल पाउने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...