Rajshow Bivag

ट्यांकर चालकलाई कोरोना विरुद्धको खोपको व्यवस्था भयो

Departmant of helth services

काठमाडौं:  ट्यांकर चालकलाई कोरोना विरुद्धको खोप व्यवस्था गर्ने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटाउन ट्यांकर चालकलाई खोपको व्यवस्था गर्ने निर्णय गर्को हो ।

 

आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प रहेको थियो । कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित ट्यांकर चालकले पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएका थिए । ट्यांकर चालक संघले माग गरेको कोरोनाविरुद्धको खोप व्यवस्था गरेर अवरोध हटाएको निगमले जनाएको छ ।

 

नेपाल आयल निगम र ट्यांकर चालक संघले बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । खोप भोलिबाट लगाउन शुरु हुने भएको छ । ट्यांकर चालक संघले राखेको माग पुरा भएसंगै अब पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ ।

 

ट्याङ्कर चालक संघले कोरोनाविरुद्धको खोप उपलब्ध हुने भएसंगै पेट्रोलियम पदार्थको ढुवानी सेवा आजबाट नै शुरु हुने जनाएको छ । चालकले आन्दोलन गरेको कारण काठमाडौं उपत्यकको केही पेट्रोल पम्पले पेट्रोल छैन भनेर बोर्ड नै राखेका थिए भने केही पम्पले निरन्तर तेल दिइरहेका थिए ।

 

हालसम्म ५० चालक र १३ सह चालक कोरोना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । थानकोट र अमलेखगन्ज गरेर झण्डै २२ सय चालक तथा सहचालकले खोप लगाउन बाँकी रहेको संघले जनाएको छ ।

 

निगमका अनुसार भैरहवामा ६ सय, विराटनगरमा ६ सय, नेपालगञ्जमा २ सय ५० र चारआलीमा ६० जना चालक र सहचालकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

 

यो पनि पढ्नुहोस् :

किसानले असारमा धान रोप्ने समयमा रासायनिक मल पाउने

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४१

  काठमाडौं: संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई...

काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन १२ दिन बाँकी, दुई दिने कार्यतालिका सार्वजनिक

काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन १२ दिन बाँकी, दुई दिने कार्यतालिका सार्वजनिक

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:४२

  काठमाडौं: वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन...

मध्यपुरथिमि बोडेमा मनाईयो जिब्रो छेड्ने जात्रा

मध्यपुरथिमि बोडेमा मनाईयो जिब्रो छेड्ने जात्रा

वि.सं.२०८१ वैशाख २ आइतवार १७:०५

  काठमाडौं: भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको...

संसदको हिउँदे अधिवेशन अन्त्य

संसदको हिउँदे अधिवेशन अन्त्य

वि.सं.२०८१ वैशाख २ आइतवार १५:०१

  काठमाडौं: संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । आज...