कोभिड १९ले मृत्यूको प्रमुख कारण मल्टिपल अर्गान फेलियर
वि.सं.२०७८ असार १ मंगलवार १५:०५
2K
shares
काठमाडौं: कोभिड १९ले मानिसको मृत्यूको प्रमुख कारण अत्याधिक साइटोकिन स्ट्रोमले मल्टिपल अर्गान फेलियर हुनु नै हो । नेपालमा हाल कोभिड १९ को दोस्रो लहरले मानिस विशेषतः युवा वर्गहरुको मृत्यूले हतास बनाएको छ ।
यसै सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पस पोखराको माइक्रोवायोलोजी विभागले आयोजना गरेको भर्चुअल सेमिनारमा कोभिड १९ को भाइरसले हाम्रो शरीरका अंगहरुलाई कसरी खराब बनाएर मृत्यूसम्म पुर्याउँछ भन्ने बारेमा चीनमा कार्यरत भाइरोलोजिष्ट डा. कुलराज राईको प्रस्तुती र नेपाली विज्ञहरुको छलफलबाट थाहा भयो ।
केही समय अगाडी नेपालमा अक्सिजनको हाहाकार फैलिएर कोभिडका गम्भिर बिरामीहरुले अक्सिजन नपाएर मृत्यू शैयामा पुगेका खबरहरु छ्याप्छ्याप्ती पढ्न पाइन्थ्यो । आज मात्र थाहा पाएकी हाम्रो शरीरमा अक्सिजनको मात्रा घटबढ गर्ने तत्व साइटोकिन्स आँधी रहेछ ।
साइटोकिन आँधीका बारेमा डा. कुलराज राईको सैद्धान्तिक व्याख्या
साइटोकिन आँधीको बारेमा संक्षिप्त कुरा: जब कोरोना भाइरस हाम्रो शरीरमा प्रवेश गरी संक्रमण गर्दछ, भाइरसको स्पाइक प्रोटिन हाम्रो शरीरको कोषिकामा भएका ACE2 टाँसिन्छ । यो ACE2 र भाइरस स्पाइक प्रोटिनको बन्धनले भाइरसलाई हाम्रो कोषिामा आन्तरिकण गर्दछ ।
अब भाइरस हाम्रो शरीरको कोषिकामा वृद्धि हुन्छ । भाइरस वृद्धि हुने क्रममा भाइरसमा भएका प्रोटिन, RNAs हरु हाम्रो जन्मबाट प्राप्त प्रतिरक्षा प्रणालीका अणुहरुले बाहिरी अणु हो भन्ने थाहा पाउदछ । त्यसैले यसले हाम्रो शरीरमा भएको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउदछ । हाम्रो कोषिकाले विभिन्न किसिमका साइटोकिन्स हरु उत्पादन गर्दछ ।
वास्तवमा संतुलित साइकोटिनस् को उत्पादनले भाइरसलाई निस्क्रिय गर्न मद्दत गर्दछ । तर अत्याधिक साइटोकिनको उत्पादनले उल्टो हाम्रो शरीरलाई वेफाइदा गर्छ । कोभिड १९ को सिरियस बिरामीहरुमा अत्याधिक साइटोकिनहरुको उत्पादन भएको अध्ययनहरुले देखाएका छन् ।
कोभिड १९ का गम्भिर बिरामीहरुको विशेषता भनेकै अत्याधिक वा कम साइटोकिन्स उत्पादन हुनु हो । विशेषत अत्याधिक मात्रामा IL-6, TNF-a, VEGF-A जस्ता साइटोकिन्स हरु उत्पादित हुन्छन् जसले हाम्रो अंगहरु फोक्सो, कलेजो, मुटु, मृगौला जस्ता अंगहरुलाई खराब पारिदिन्छ जसका कारण व्यक्तिको मृत्यूसम्म हुन सक्दछ ।
नेपालमा अहिले सम्म साइटोकिन्स आँधीको बारेमा अध्ययन गरिएको छैन । वास्तवमा कुन साइटोकिन कति मात्रामा उत्पादित भयो भन्ने मापन गर्ने हो भने त्यो साइटोकिनलाई ध्यानमा राखे विरामी बचाउन सकिन्छ । जस्तो IL-6 नै सबै भन्दा बेसी मात्रामा उत्पादित भएको पाइयो भने त्यसलाइ न्यूट्रलाइज गर्ने मनोक्लोनल एण्टिबडी प्रयोग गर्न सकिन्छ ।
आजको कार्यक्रममा डा.बसन्त गेलालले उठाउनु भएको साइटोकिन मापन सम्बन्धी कुरामा डा. कुलराज राई ले यो नेपालमा सम्भव भएको जानकारी दिनुभयो । यसलाई एक्स भिभो एक्सपेरिमेन्ट गर्न सकिने, जनशक्ति र प्रयोगशाला पर्याप्त भएको तर सरकारको बजेट नभएको वा सरकार पनि यस बारे चासो नराखेको बताउछन् ।
देश विदेशमा रहेका नेपाली माइक्रोवायोलोजिष्ट, बायोलोजिष्ट, बायोटेक्नोलोजिष्ट, बायोकेमिष्ट हरु सक्षम रहेको तर नेपाल सरकारबाट उत्पादित जनशक्तिलाई उचित सदुपयोग नगरिदा आज हाम्रो देश अरुको प्रविधि र भ्याक्सिन किन्ने लफडामा आफ्नो सम्पूर्ण समय लगानी गरिरहेको महशुष भएको बताउनु भयो ।
आजको कार्यक्रमले देश विदेशमा रहेका नेपाली वैज्ञानिकहरुलाई उचित व्यवस्थापन गरी सरकारले तत्कालै दिर्घकालिन योजना बनाउन जरुरी देखिन्छ जसले भोलीका दिनमा महामारी र विपत्तिमा लड्न नेपाली विज्ञहरु सक्षम छन् भन्ने सकाइ भएको छ ।
यस कार्यक्रमका सहजकर्ता डा. सुवास अधिकारी, जनप्रिय बहुमुखी क्याम्पस माइक्रोबायोलोजि विभाग भन्छन् अहिले नेपाली वैज्ञानिकहरु विभिन्न मुलुकमा छन् भने हामीले किन नेपली वैज्ञानिकहरुलाई नै प्लेटफर्म नदिने भनेर नेपाली विज्ञबाटै प्रस्तुती गराइएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी सह प्राध्यापक विरञ्जी गौतम, क्याम्पस प्रमुख जनप्रिय बहुमुखी क्याम्पस भन्छन् नेपालमा माइक्रोबायोलोजीको धेरै महत्व रहेो र अहिलेको महामारीमा सरकारले नीति बनाएर माइक्रोवायोलोजी विज्ञहरुलाई भरपुर प्रयोग गर्नु पर्दछ ।
कार्यक्रमको अध्यक्षः प्रा.डा. विकास कुमार के.सी., जनप्रिय रिसर्च एण्ड कन्सल्टेन्सीका प्रमुख जोडदिन्छन् नेपालमा माइक्रोवायोलोजीको महत्व सरकारले नबुझेर नै यो समस्या आएको हो ।
नेपालका माइक्रोवायोलोजिष्टहरु चीनमा वैज्ञानिक भएर काम गर्नु नेपलको गौरव हो । डा. सुवासले शुरु गर्नु भएको यो वहस धेरै फलदायी हो । समिक्षक सह प्राध्यापक डा. मेघराज बञ्जरा, त्रिभुवन विश्वविद्यालय, केन्द्रिय विभाग किर्तिपुर बताउछन् यस्तो कार्यक्रमले अहिले महामारीमा धेरै सहयोग पुग्ने र माइक्रोबायोलोजीको यस्तो अनुसन्धानमा निकै महत्व रहेको छ ।
यो पनि पढ्नुहोस् :
किसानले असारमा धान रोप्ने समयमा रासायनिक मल पाउने
वि.सं.२०७८ असार १ मंगलवार १५:०५



















