YouTube Link

उमाकुण्ड गाउँपालिकामा पाँच शैय्याको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा

Facebook Link

रामेछापः रामेछाप उमाकुण्ड गाउँपालिकामा पहिलो पटक पाँच शैय्याको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।

नवनिर्मित पाँच शैय्याको अस्थायी अस्पतालको गाउँपालिकाका प्रमुख शेर बहादुर सुनुवार र उपप्रमुख उर्मिला कार्की बस्नेतले संयुक्त रुपमा उदघाट गरी अस्थायी अस्पतालबाट डाक्टर सहितको टोलीबाट सेवा सञ्चालनमा ल्याएको हो ।

कोरोना संक्रमणबाट आफै जोगिन आम नागरिकहरु सचेत हुनुपर्नेमा जोड दिँदै गाउँपालिका अध्यक्ष सुनुवारले दुर्गम जिल्लाको गाउँपालिकामा पनि जनताको सेवा गर्न आएका डाक्टर सहितका स्टाफ नर्सहरुप्रति आभार प्रकट गरे ।

अस्पताल उदघाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा कोरोना संक्रमितले पाउने विभिन्न सेवा सुविधा सहितको उपचार डाक्टर नर्सहरुबाट उपलब्ध हुने बताए ।

यसैबीच अस्पताल उदघाटन समारोहलाई सम्बोधन गर्दै वडा नम्बर ४ का वडा अध्यक्ष मानबहादुर सुनुवारले छोटो समयमा नै नव निर्मित पाँच शैय्याको कोभिड–१९ अस्पतालबाट गाउँपालिकामा रहेका स्थानीय नागरिकहरु लाभान्वित हुने विश्वास व्यक्त गर्दै अस्थायी अस्पताललाई स्थायी अस्पतालमा परिणत गरिने बताए ।

यसैबीच अस्पतालका डा. पेमा देचेन गुरुङले उमाकुण्ड गाउँपालिकाका नागरिकहरुको सेवा गर्न आफू यहाँ आएको बताउँदै सकेको सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

उदघाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेदी, स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुमार पैकरा, अस्पतालका कर्मचारी, कर्मचारी र स्थानीय नागरिक लगायतको उपस्थिति थियो ।

 

 

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

वि.सं.२०८२ पुस १४ सोमवार ११:३४

काठमाडौं: कलंकी-१४ हनुमान गल्लीमा अवस्थित साझा स्वास्थ्य क्लिनिकले आफ्नो स्थापनाको...

आउनुहोस् हामी सबै जुटौं सामुयल सुनुवारको जीवन बचाउन

आउनुहोस् हामी सबै जुटौं सामुयल सुनुवारको जीवन बचाउन

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०९:४०

काठमाडौं: विगत लामो समयदेखि वैदेशिक रोजगारका लागि कतार पुगेका सामुयल...

नेपालका ७३ जिल्लामा फैलियो डेंगी, ३५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालका ७३ जिल्लामा फैलियो डेंगी, ३५ जनामा कोरोना संक्रमण पुष्टि

वि.सं.२०८२ असार २० शुक्रवार १८:४४

काठमाडौं: नेपालमा डेंगीको संक्रमण ७३ जिल्लामा फैलिएको छ । पछिल्लो...

नेपालमा ३० हजार एचआइभी संक्रमित, बढी पुरुषमा देखियो

नेपालमा ३० हजार एचआइभी संक्रमित, बढी पुरुषमा देखियो

वि.सं.२०८२ असार १३ शुक्रवार १६:४३

काठमाडौं: नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको...