सर्वोच्च अदालतका न्यायाधीस र कर्मचारीमा कोरोना पुष्टि
वि.सं.२०७७ असोज १८ आइतवार १३:४०
1.6K
shares
काठमाडौ:सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
सर्वोच्चका न्यायाधीशसहित केही अधिकृत र कर्मचारीमा कोरोना पुष्टि भएपछि काम समेत प्रभावित भएको छ ।
अदालगतका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै दशैंअघिसम्म नै इजलास प्रभावित हुने सर्वोच्च अदालतले जनाएको छ ।
अदालतका अनुसार यसअघि दैनिक ९ र १० वटा इजलासमा मुद्दा सुनुवाइ हुँदै आए पनि आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएका सर्वोच्च अदालगतका न्यायाधीशसहित अरु कर्मचारी आ—आफ्नो घरमै आइसोलेशनमा बसेका छन् ।
वि.सं.२०७७ असोज १८ आइतवार १३:४०



















