एम्बुलेन्स बिरामी बोक्ने बाहेक अन्य काममा प्रयोग भए दर्ता खारेज
वि.सं.२०७७ भदौ २८ आइतवार १८:४८
1.3K
shares
काठमाडौं: नेपाल सरकारले एम्बुलेन्स बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा दर्ता खारेज गर्ने चेतावनी दिएको छ ।
एम्बुलेन्स बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा तुरुन्त दर्ता खारेज गर्ने र एम्बुलेन्स सञ्चालन गर्ने संस्थालाई भविश्यमा पनि एम्बुलेन्स सञ्चालन गर्न नदिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना महामारी रोकथामका लागि भनी सरकारले हाल लामो दुरीको सार्वजनिक यातायात बन्द गरेको छ । बिरामी बोकेको बाहनामा एम्बुलेन्सले चर्को शुल्क लिएर सर्वसाधारण मानिस ओसार पसार गरेको गुनासो बढेकाले सरकारले दर्ता खारेज गर्नेसम्मको चेतावनी दिएको हो ।
वि.सं.२०७७ भदौ २८ आइतवार १८:४८



















