सशस्त्र प्रहरी बलका ४७ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७७ भदौ १२ शुक्रवार १५:१९
1.4K
shares
काठमाडौं: नेपाल- भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका ४७ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्सा, बारा र रौतहटको नेपाल-भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको बुधबार स्वाब लिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
महामारीका बेला सुरक्षा निकायमा कर्मचारीको सरुवा भएपछि रवाना हुनुअघि कोरोना संक्रमण परीक्षण हुँदै आएको छ । त्यही क्रममा सरुवा भएका सशस्त्र प्रहरी कर्मचारीमा संक्रमणको जाँच गरिएको थियो ।
सीमामा कार्यरत रहँदा र क्वारेन्टिन व्यवस्थापन गर्दा उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । अहिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य थालिएको छ ।
योसँगै हालसम्म देशभर ५ सय २ सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
वि.सं.२०७७ भदौ १२ शुक्रवार १५:१९




















