YouTube Link

जुम्लामा वरिष्ठ चिकित्सक डा. गोविन्द केसी प्रहरी घेराबन्दीमा

World Cup 2026
Facebook Link

काठमाडौं: टिचिङ अस्पतालबाट सेवा निवृत्त भएसँगै कर्णालीका दुर्गम क्षेत्रमा नि:शुल्क उपचार गर्दै हिँडेका डा. गोविन्द केसीले जुम्लामा प्रहरी घेराबन्दीमा परेका छन् ।

वरिष्ठ चिकित्सक केसीले आफु बसेको होटल बाहिर प्रहरी तैनाथ रहेको र दिनभरि अस्पताल जान प्रहरीले रोकेको बताका छन् । उनले एउटा स्वास्थ्यकर्मी स्वास्थ्यको प्रोटोकल पालना गरेर निस्कन खोज्दा प्रहरी-प्रशासनलाई किन टाउको दुखाइ भनि प्रश्न गरेका छन् ।

चिकित्सा शिक्षा सुधार अभियन्ता केसी दुई वर्षअघि जुम्ला गएर अनसन बसेका थिए । सरकारले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, एमबिबिएस र डिग्रीको पढाइ सुरू गर्ने सम्झौता गरेको थियो ।

डा. केसीले उक्त सम्झौता पालनाका निम्ति दबाब दिन साउन ११ गतेबाट नयाँ चरणको सत्याग्रह सुरू गर्ने निधो गरेसँगै ९ गते जुम्ला प्रस्थान गरेका थिए ।

देशभरि कोरोना महामारी फैलिएकाले सत्याग्रह बस्ने समय बढाउँदै उनी ११ गते कालिकोट गएर केही समय बिरामीको उपचार गरेका थिए ।

त्यसपछि डोल्पा गएर त्यहाँको जिल्ला अस्पतालमा एक साता काम गरि मुगु प्रस्थान गरेका थिए ।

डा. केसीले तीन जिल्ला घुमेर फर्किंदासम्म सरकारले माग पूरा नगरेकाले साउन ३२ गते उनले १० दिनको अल्टिमेटम दिएका थिए ।

डा. गोविन्द केसीका मागहरु

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायत कार्यक्रम सञ्चालन र स्नातकोत्तर तहको अनुमति, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरू ।
  • प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।
  • त्यस्तै, २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्, चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गरियोस् ।
  • चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्, विश्वविद्यालय, काउन्सिल र प्रतिस्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप कानुनी व्यवस्था गरियोस् ।
  • बयलपाटा अस्पताललाई नियमित बजेटको व्यवस्था गरी दिगो नि:शुल्क सेवा सुनिश्चित गरियोस् ।
X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...