YouTube Link

नेपाल आइडल सिजन-३ को ग्राण्ड फिनाले आज

Facebook Link

काठमाडौं: नेपाल आइडल सिजन-३ ले आज एक नयाँ आइडल पाउने भएको छ ।

नेपाल आइडल सिजन-३ मा सज्जा चौलागाई, प्रवीण बेडुवाल र किरणकुमार भुजेलबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

जो हजारौँबाट छानिएर उत्कृष्ट तीनमा पर्न सफल भएका हुन् ।

नेपाल आइडल सिजन-३ का लागि आइडलले आज बेलुका ५ बजेसम्म आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई विजेता बनाउन भोटिङ गर्ने समय निर्धारण गरेको छ ।

एपीवान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुने नेपाल आइडल नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम हो ।

गत भदौबाट अडिसन सुरु भएको ‘नेपाल आइडल सिजन-३’ ले गत चैत्र महिनाभित्र मै आफ्नो नयाँ आइडल पाइसक्नु पर्ने थियो ।

नेपाल आइडलका माध्यमबाट नै नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फेन्चाइज संगीतिक रियालीटी शोको सुरुवात गरिएको हो ।

सुरुवातको छोटो समयमा नै दर्शकको मन जित्न सफल नेपाल आइडल सिजन-३ को फाइनलसम्म आइपुग्दा धेरै प्रतिभालाई अगाडि बढ्ने ठाउँ दिइसकेको छ ।

अहिले नेपाली सांगीतिक आकाशमा चर्चा कमाइरहेका रवि ओड, निशान भट्टराई, बुद्ध लामा, प्रताप दाश, विक्रम बराललगायतका गायक नेपाल आइडलकै उत्पादन हुन् ।

आज नेपाल आइडल सिजन-३ मा प्रविन बेडुवाल, सज्जा चौलागाई र किरणकुमार भुजेल सहभागी छन् ।

यिनै उत्कृष्ट तीनबाट एकले ५० लाख रुपैयाँसंगै नेपाल आइडल सिजन-३ को विजेता घोषित हुनेछन् ।

फस्ट रनरअपले १५ लाख नगद र सेकेन्ड रनरअपले ५ लाख नगद प्राप्त गर्नेछन् ।

निर्णायक मण्डलमा इन्दिरा जोशी, न्यु बज्राचार्य र कालीप्रसाद बास्कोटा छन् ।

कार्यक्रममा सुरेश पौडेल, एलन श्रेष्ठ र लोकेश बज्राचार्य कार्यक्रम निर्देशकीय भूमिका निर्वाह गरिरहेका छन् ।

कोरोना महामारीको प्रकोपका कारण यस पटकको नेपाल आइडलको फाइनल आज आफ्नै स्टुडियोबाट प्रत्यक्ष प्रशारण गरी विजेता घोषणा गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...