सहिद स्मारक ‘ए’ डिभिजन लिगको दुवै खेल रंगशालामा
वि.सं.२०७६ पुस ७ सोमवार ०९:२५
1.1K
shares
काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ । दुवै खेल दशरथ रंगशालामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो प्रेस विज्ञप्ति निकाल्दै आजको दुवै खेल रंगशालामा हुने जनाएको छ । यसअघि एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र एक खेल दशरथ रंगशालामा हुने तालिका रहेको थियो ।
पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच अपरान्ह १२ बजे सुरु हुनेछ । यस्तै थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाली यू-१५ महिला टिमले भुटानसँग एन्फा कम्प्लेक्समा मैत्रीपूर्ण खेल खेल्ने भएको कारण दुबै खेल रंगशालामा सारिएको हो । नेपाली टोलीले भुटानसँग २ बजे मैत्रीपूर्ण खेल खेल्नेछ ।
यसअघि त्रिभुवन आर्मी क्लब र साविक विजेता मनाङ मस्र्याङ्दी क्लबबीचको खेल दिउँसो १२ बजेका लागि एन्फा कम्प्लेक्स सातदोबाटो तय थियो । नेपाल र भुटानको छात्रा यू-१५ को मैत्रीपूर्ण खेल आज हुने भएपछि एन्फाले आर्मी र मनाङको खेललाई दशरथ रंगशाला सारेको हो ।
वि.सं.२०७६ पुस ७ सोमवार ०९:२५



















