YouTube Link

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङबीच दोश्रो शिखर वार्ता हुदै

Facebook Link

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङबीच आजदेखि भियतनामको हनोइमा दोश्रो शिखर वार्ता हुदै छ । सिंगापूरमा पहिलो ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको ८ महिना पछि किम र ट्रम्पबीच हनोइमा दोश्रो शिखर वार्ता हुन लागेको हो ।

किम र ट्रम्पबीच आज स्थानिय समय अनुसार साँझ साढे ६ बजे हनोइको सोफिटेल लेजेण्ड मेट्रोपोलमा वान ओन वान भेटवार्ता हुने छ । भेटवार्ताका लागि ५ बजेर ५५ मिनेट जाँदा ट्रम्पले जे डब्लु मेरियट होटल छाड्ने कार्यक्रम छ । दुइ नेताबीच साँझ ७ बजे सम्म वार्ताको मुख्य एजेण्डामा छलफल हुने अमेरिकी राष्ट्रपति कार्यलय ह्वाइट हाउसले जनाएको छ ।

वान ओन वोन वार्ता पछि ट्रम्प र किम नाम गोप्य राखिएको रेष्टुरेन्टमा आयोजित रात्रिभोजमा सहभागी हुने छन् । रात्रिभोजमा ट्रम्पसँग अमेरिकी विदेश मन्त्री माइक पोम्पियो, कार्यबाहक चिफ अफ स्टाफ माइक मुलभाने र उत्तर कोरियाली पक्षबाट किमसँगै सत्तारुढ वर्कस पाटीका उपाध्यक्ष किम योङ छोल र किमकै बहिनी यो जोङ हुने बताइएको छ ।

झण्डै १ घण्टा ३० मिनेटको रात्रीभोज पछि नेताहरु रेष्टुरेन्टबाट छुट्टिने कार्यक्रम रहेको सञ्चार माध्यमले जनाएका छन् । दुइ नेताबीच भोली आणविक निशस्त्रीकरण, कोरियाली युद्धको औपचारिक अन्त्य, नाकाबन्दी हटाउने लगायतमा छलफल र सहमतिमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । यसैबीच ट्रम्पले भियतनामका राष्ट्रपति गुयेन फुत्रोसँग भेटवार्ता गरेका छन् भने किम शनिवार सम्म हनोइमा रहने बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...