YouTube Link

फेरि विवादमा फस्यो कतार प्रहरीको आकर्षक रोजगारी

Facebook Link

 

काठमाडौं: कतार प्रहरीको आकर्षक रोजगारी फेरि विवादमा परेको छ । कतार प्रहरीको आकर्षक रोजगारीको पुर्व स्वीकृति निकालेको अल ताक्वेत ओभरसिजमा  वैदेशिक रोजगार विभागको टोलीले प्रक्रियाको बारेमा जानकारी लिएको थियो ।

 

कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकिएको विज्ञापन पत्रिकामा सार्वजनिक भएपछि विभागले अल ताक्वेत ओभरसिजसँग उक्त प्रक्रियाको बारेमा जानकारी लिएको हो ।

 

उक्त विज्ञापनको लागि बैदेशिक रोजगार विभागले नै स्वीकृत गरि लट नम्बर समेत दीईसकेको थियो । एक राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गरेको मेनपावरले साउन ३०, भदौ १ र २ गते अन्तर्वार्ताको मिति समेत तय गरिसकेको थियो ।

 

दुई सय जनाको डिमान्ड सबै कानूनी प्रक्रिया पुरा गरि पत्रिकामा विज्ञापन प्रकाशन गरेको मेनपावर कम्पनीले बताएको छ ।

 

उक्त संस्थाले विभिन्न व्यक्तिहरुबाट लाखौ रुपैयाँ उठाएको भन्ने सूचना आएपछि बिभागको टोली पुगेको तेस्तो नभेटाएको विभागले जनाएको छ ।

 

गत बर्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको डिमान्ड श्रम सम्झौता अनुसार प्रमाणीकरण गर्न अनुमति दिएको थियो ।

 

विवाद भएपछि र समयमा पठाउन नसकेपछि गत बर्ष पनि अल ताक्वेत ओभरसिजले ल्याएको   कतार प्रहरीको दुई सय जनाको डिमान्ड कतारले अन्य देशलाई दिएको थियो  । गत बर्ष मागपत्र दिएपनि विविध कारणले समयमा उडाउन नसकेपछि फेरी हाल कतारको आन्तरिक मन्त्रालयले अल ताक्वेत ओभरसिजलाई दुई सय जना कतार प्रहरीको रोजगारी पाईलट प्रोजेक्टको रुपमा दिएको थियो । यो मागपत्र समयमा पुर्ति गर्न नसके नेपालबाट सधैका लागि कतार प्रहरीको रोजगारी गुम्ने कतार निकट स्रोतले बताएको छ ।

 

गत बर्ष ओभरसिजले कामदार भर्ना प्रक्रिया जारी राखेकै अवस्थामा समयमा पठाउन नसकेपछि कतारले अन्य देशबाट उक्त माग पुर्ति गरेको थियो । यसपटक पनि गत बर्षकै घटना दोहोरीने सम्भावना बढेको छ  ।

 

कतार प्रहरीमा लामो समयदेखि नेपाली कामदार लैजाने चर्चा चल्दै र सेलाउदै आएको छ । यस्मा केहि मेनपावर ब्यावसायी र माफियाहरु उक्त माग आफ्नो हातमा पार्न भरमग्दुर प्रयास गरिरहेका थिए ।

 

तर, चर्चा भन्दा हल्ला बढी हुने गरेकाले उक्त आकर्षक रोजगारी अन्य देशमा पुगेको छ । अहिलेसम्म करिव तीन सय नेपाली उक्त रोजगारीमा गएका छन ।

 

यसअघि २०७६ को फागुनमा एक सय ७९ जना नेपाली कामदारलाई कतार प्रहरीमा पुगेका थिए । उनीहरुको कार्य सन्तोषजनक र उत्कृष्ट भएपछि कतारको आन्तरिक मन्त्रालयले कतार प्रहरीमा नेपाली भर्ना गर्ने निर्णय गरेको थियो ।

 

तर, उक्त छनौट प्रक्रियामा विभिन्न चलखेल भएपछि अघिल्लो बर्ष पनि उक्त अवसर नेपालबाट गुमेको थियो । यसपटक पनि सबै कानूनी प्रक्रिया पुरा गरेर नेपाली कामदारलाई उक्त सुवर्ण अवसर दिलाउन खोजको मेनपावर कम्पनीले जनाएको छ । उक्त कम्पनीले हल्लाको पछि नलाग्न नेपाल सरकार, श्रम मन्त्रालय, बैदेशिक रोजगार विभाग लगायत सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ ।

 

अल ताक्वेत ओभरसिजले उक्त रोजगारीमा आफ्नै कम्पनीले पठाउनुपर्छ भन्ने पनि नभएकोले यो अवसर चाहि नगुमाऊन सरोकार वाला सबै निकायलाई आग्रह गरेको छ । कम्पनीले आफूहरुले कानुनको पुर्णरुपमा पालना गरेर मात्रै कतार प्रहरीमा पठाउन लागेको जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...