YouTube Link

मानिसको शरीरमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण

Facebook Link

 

 

एजेन्सीः चिकित्सा विज्ञानमा वैज्ञानिकले पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ ।

 

अमेरिकाका एक व्यक्ति यस्ता पहिलो व्यक्ति बनेका छन् जसको शरीरमा आनुवंशिक रुपले संशोधित सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ र त्यो मुटुले काम गरिरहेको छ ।

 

डाक्टरहरुका अनुसार अमेरिकाको बाल्टिमोरमा ७ घण्टासम्म चलेको प्रायोगिक प्रक्रियाको तीन दिनपछि ५७ वर्षीय डेभिड बेनेट स्वस्थ भइरहेका छन् ।

 

यो प्रत्यारोपण बेनेटको जीवन बचाउने अन्तिम आशा थियो । यद्यपि यो मुटुबाट उनी लामो समयसम्म जीवित रहन सक्छन् कि सक्दैनन् भन्ने कुरा भने अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

 

सीएनएनको एक रिपोर्ट अनुसार शल्यक्रियाभन्दा अघिल्लो दिन बेनेटले भनेका थिए ‘यो प्रत्यारोपण बाँच वा मर जस्तो हो । मलाई थाहा छ यो अँध्यारोमा तीर चलाउनु जस्तै हो तर यही मेरो अन्तिम अवसर हो ।’ बेनेटको यो सर्जरी नगरिएको भए उनी मर्ने निश्चित थियो ।

 

यही आधारमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई अमेरिकाको स्वास्थ्य नियामक निकायले यो प्रक्रियाको लागि विशेष छुट दिएको थियो ।

 

यो प्रत्यारोपण गर्ने मेडिकल टिमले कैयौं वर्षको शोधको आधारमा यो सफलता हासिल गरेका हुन् । यो सफलताले विश्वमा कैयौं मानिसहरुको जीवन बदल्न सक्नेछ ।

 

युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनले एक बयानमा सर्जन बार्टले पी ग्रिफिथको हवाला दिँदै भनेको छ ‘यो सर्जरीले विश्वलाई अंगहरुको कमीको संकट सुल्झाउनेतर्फ एक कदम नजिक ल्याएको छ ।’

 

अमेरिकामा प्रत्येक दिन अंग प्रत्यारोपणको प्रतिक्षा गरिरहेका १७ जनाको मृत्यु हुने गरेको छ र १ लाखभन्दा धेरै मानिसहरु प्रत्यारोपणको लागि प्रतिक्षा गर्नेको सूचीमा छन् ।

 

यो कमीलाई पूरा गर्नको लागि जनावरका अंगहरुको प्रयोगका विषयमा सम्भावना खोज्ने काम धेरै पहिलेदेखि भइरहेको छ । यो प्रक्रियालाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...