किम जो इलको १०औं स्मृति दिवसका अवसरमा उत्तर कोरियामा हाँस्न र रून प्रतिबन्ध
वि.सं.२०७८ पुस ५ सोमवार १३:२१
2.1K
shares
एजेन्सी: पूर्वसर्वोच्च नेता किम जो इलको १०औं स्मृति दिवसका अवसरमा उत्तर कोरियाले ११ दिन शोक मनाउने भएसँगै जनतालाई हाँस्न र रुन प्रतिबन्ध लगाएको छ ।
इल वर्तमान सर्वोच्च नेता किम जो उनका पिता हुन् । सन् २०११ डिसेम्बर १७ मा इलको हृदयघातका कारण ७० वर्षको उमेरमा निधन भएको थियो ।
आफ्ना पिताको निधन भएको १०औं स्मृति दिवसको उपलक्षमा नेता उनले ११ दिन देशभरि शोक मनाउने निर्णय गरेका हुन् ।
उक्त अवधिमा हाँस्न मात्र नभएर मनोरञ्जनका कुनैपनि गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ ।
इलको निधन भएको दिन १७ डिसेम्बरमा खाद्यदेखि कुनैपनि वस्तु किनमेल गर्न प्रतिबन्ध लगाइएको थियो । त्यो बाहेक यो ११ दिनमा मदिरा पिउन, जन्मदिन मनाउन पनि प्रतिबन्ध लगाइएको छ ।
इलको शोकमा बाधा पुग्ने भन्दै उक्त अवधिमा कसैको मृत्यु भएमा अन्तिम संस्कार गर्न तथा जोडले रुन पनि प्रतिबन्ध लगाइएको छ ।
बाहिरी दुनियाँबाट अलग रहेको उत्तर कोरिया सबैभन्दा धेरै प्रतिबन्धको लागि पनि चिनिने गर्छ । उत्तर कोरियाका संस्थापक तथा पूर्वराष्ट्रपति किमका छोरा इलले सन् १९९७ अप्रिल ९ देखि राष्ट्र प्रमुख भएर काम गरेका थिए ।
सन २०११ मा इलको निधन भएपछि उनका छोरा उन राष्ट्र प्रमुखको कार्यभार सम्हाल्दै आएका छन् ।
वि.सं.२०७८ पुस ५ सोमवार १३:२१



















