YouTube Link

हिमालयन बैंकले स्वीकृत गर्यो इन्भेष्टमेन्ट बैंकसँगको मर्जरका लागि प्रस्ताव

Facebook Link

 

काठमाडौं: हिमालयन बैंकको  सञ्चालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने  प्रस्ताव पारित गरेसँगै बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा डाक्ने भएको छ ।

 

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेको  बैंकले गत आर्थिक  वर्षको मुनाफाबाट बैंकले २६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । बैंकको लाभांश नेपाल राष्ट्र बैंकले शर्तसहित स्वीकृत गरेको थियो ।

 

आइतबार बसेको  हिमालयन बैंकको सञ्चालक समितिको बैंठकले  नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने स्वीकृत गरेर आगामी साधारणसभामा पेस गर्ने निर्णय गरेको  बैंकले  जनाएको छ ।

 

यद्यपि, उक्त प्रस्ताव सर्वसम्मत रूपमा भने स्वीकृत हुने नसकेको  स्रोतको दाबी छ ।

 

कर्मचारी सञ्चय कोषको  प्रशासक तुलसीप्रसाद गौंतम बैंकको सञ्चालक समिति अध्यक्ष हुँदा गत वैशाखमा  नेपाल इन्भेष्टमेन्ट बैंकसँग १:१ को अनुपातमा मर्जरमा जाने प्रारम्भिक समझदारीमा हस्ताक्षर भएको थियो ।

 

उक्त समितिपछि नेपाल राष्ट्र बैंकले गत जेठमा नै एलओआई दिएर मर्जर प्रक्रिया अगाडि बढे पनि कोषका प्रशासन गौंतम बैंकको सञ्चालकबाट फिर्ता भएर नयाँ अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ  बनेसँगै  बैंकको मर्जर प्रक्रिया अवरुद्ध बनेको थियो ।

 

राष्ट्र बैंकले एलओआई दिएपछि मर्जर सम्मपन्न गर्न दिएको पहिलो तिन महिनाको अवधि सकिएर दुई पटक समय थप भएपछि  भने बैंकले मर्जरमा जाने प्रस्ताव  साधारणसभामा लैजाने निर्णय गरेको छ ।

 

यद्यपि, उक्त प्रस्ताव पनि संचालक समितिले सर्वसम्मत रुपमा स्वीकृत गर्न नसकेको स्रोतको दाबी छ । बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ लगायत उनको समूहले मर्जरमा जन तयार रहेपनि केही कुरा प्रष्ट हुनुपर्ने भन्दै अडान राखेको  थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...