Texas College
YouTube Link

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ इराकको आकस्मिक भ्रमणमा

Facebook Link

एजेन्सी: अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इराकको आकस्मिक भ्रमण गरेका छन् । ट्रम्प प्रशासनले इराक र सिरियामा रहेका अमेरिकी फौजलाई इरानी सैन्यले उच्च जोखिममा पारेको बताएको भोलिपल्ट उनको भ्रमण भएको हो ।

अमेरिकी विदेशमन्त्रीको अघोषित इराक भ्रमणमा उच्च सुरक्षा व्यवस्थाकाबीच भएको थियो । विदेशमन्त्री पोम्पेओले भ्रमणको उद्देश्य इराकी नेतृत्व वर्गसँग भेट्नु रहेको बताईएको छ । पोम्पेओले छिमेकी इरानको प्रभावबाट मुक्त सार्वभौम र स्वतन्त्र इराकलाई अमेरिकाको सहयोग रहेको देखाउन चाहेको जानकारी दिएका छन् । बर्लिनको पूर्वनिर्धारित भ्रमण स्थगित गर्दै त्यहाँ पुगेका विदेशमन्त्री पोम्पेओले बग्दादमा चार घण्टा बिताएका थिए ।

विदेशमन्त्री पोम्पेओले इरान वा उसका सहयोगीबाट इराकस्थित अमेरिकी फौजमाथि हुने कुनैपनि आक्रमणले इराकी सरकारलाई पनि प्रभावित तुल्याउनेमा जोड दिएका छन् । इराकी प्रधानमन्त्री अदिल अब्दुल मह्दीले अमेरिकी स्वार्थहरूलाई इरान वा उसका समर्थकको आक्रमणबाट सुरक्षित राख्ने जिम्मेवारी इराकले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

विदेशमन्त्री पोम्पेओको भ्रमण इरानको तर्फबाट अमेरिकी फौज र उनका सहयोगीमाथि बढेको खतराको प्रतिक्रियास्वरूप भन्दै अमेरिकाले उक्त क्षेत्रमा युद्धपोत तैनाथ गरेको भोलिपल्ट भएको छ । तर इरानले अमेरिकाको भनाइ वाहियात भएको भन्दै त्यो आरोप अस्वीकार गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...