YouTube Link

ईन्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई ईन्डियन्स फाइनलमा प्रवेश

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा मुम्बई ईन्डियन्स प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बईले फाइनलमा स्थान पक्का गरेको हो । १३२ रनको लक्ष्य मुम्बईले ९ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर रोहित शर्मा ४ र क्विनटन डी कक ८ रनमा पोविलियन फर्किएपनि सुर्यकुमार यादवले मुम्बईको ईनिङ्सलाई अघि बढाए । उनले नटआउट ७१ रनका अर्धसतकीय पारी खेले । इशान्त किसनले २८ रन बनाए । हार्दिक पाण्डेया शुन्य रनमा पवोलियन फर्किए ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित ओभरमा ४ विकेट गुमाएर १३१ रनमात्र बनाउन सक्यो । अम्बातु रायडुले ४२ र कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३७ रन बनाएको ईनिङ्समा चेन्नेईले सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । दुवैले पाँचौ विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीको ईनिङ्स उकासेका थिए । ओपनर फाफ डु प्लेसिस ६ रनमा आउट हुदाँ सेन वाटसन १० रनमा पोविलियन फर्किएका थिए । सुरेश रैना ५, मुरली विजयी २६ रनमा आउट भएका थिए । मुम्बईका राहुल चाचरले २ तथा कुर्नाल पाण्डेया र जयन्त यादवले समान एक विकेट लिए ।

चेन्नेईले दोस्रो ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको बिजेतासँग खेल्नेछ । पहिलो ईलिमिनेटर राउण्डमा आज दिल्ली र हैदरावाद भिड्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...