कालीमाटीमा सिद्धार्थ बैंकको नयाँ शाखा
वि.सं.२०७६ वैशाख २५ बुधवार १५:२३
837
sharesकाठमाडौं: सिद्धार्थ बैंकले काठमाडौंको कालीमाटीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य माननीय जीवन राम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाबाट संयुक्त रुपमा भएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा दिँदै आएको छ ।
वि.सं.२०७६ वैशाख २५ बुधवार १५:२३