Texas College
YouTube Link

इरानको तेल निर्यात प्रतिबन्धमा थप कडाइ गर्ने अमेरिकाको निर्णयप्रति चीनको गम्भीर आपत्ति

Facebook Link

एजेन्सी: इरानको तेल निर्यात सम्बन्धी प्रतिबन्धमा थप कडाइ गर्ने अमेरिकाको निर्णयप्रति चीनले गम्भीर आपत्ति जनाएको छ । ट्रम्प प्रशासनले ईरानसँग तेलको कारोबार गर्ने राष्ट्रहरु पनि प्रतिबन्धको शिकार हुने चेतावनी दिएपछि बेइजिङले आक्रोश व्यक्त गरेको हो ।

भारतसँगै चीन पनि इरानको सबैभन्दा ठूलो तेल ग्राहक रहँदै आएको छ । अमेरिकाको सो फैसलाले विश्वव्यापी रुपमा तेल बजारलाई अनिश्चित तुल्याउने हुँदा यसबारे चिन्ता व्यक्त गरिएको छ । चीन एकतर्फी प्रतिबन्ध र अमेरिकाद्वारा सञ्चालित तथाकथित ‘न्यायालय’ को कडा विरोध गरेको चिनियाँ विदेश मन्त्रीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

अघिल्लो वर्ष इरानसँग कारोबार गरिरहेका सात मुलुकहरुलाई अमेरिकाले यस विषयमा छुट दिएको थियो तर आगामी मे २ मा सो छुटको अवधि समाप्त हुनेछ । यस्तोमा अमेरिकाको सो निर्णयप्रति चीनले मात्र नभएर अन्य राष्ट्रहरुले समेत विरोध जनाइरहेका छन् । सोमबार मात्र अमेरिकी राज्य सचिव माइक पोम्पेओले मे महिनासम्मको समय अवधि सकिएपछि इरानबाट तेल खरिद गर्न जारी राख्ने राष्ट्रहरुले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

भारतले भने तत्काल यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । भारत सरकारले यसअघि नै एकलौटी प्रतिबन्धलाई मान्यता नदिने र केवल संयुक्त राष्ट्रको निर्णय मात्र पालना गर्ने बताएको थियो । साउदी अरब र इराकपछि इरान सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...