Health Ad
YouTube Link

इरानको तेल निर्यात प्रतिबन्धमा थप कडाइ गर्ने अमेरिकाको निर्णयप्रति चीनको गम्भीर आपत्ति

Khanepani Dhal
Facebook Link

एजेन्सी: इरानको तेल निर्यात सम्बन्धी प्रतिबन्धमा थप कडाइ गर्ने अमेरिकाको निर्णयप्रति चीनले गम्भीर आपत्ति जनाएको छ । ट्रम्प प्रशासनले ईरानसँग तेलको कारोबार गर्ने राष्ट्रहरु पनि प्रतिबन्धको शिकार हुने चेतावनी दिएपछि बेइजिङले आक्रोश व्यक्त गरेको हो ।

भारतसँगै चीन पनि इरानको सबैभन्दा ठूलो तेल ग्राहक रहँदै आएको छ । अमेरिकाको सो फैसलाले विश्वव्यापी रुपमा तेल बजारलाई अनिश्चित तुल्याउने हुँदा यसबारे चिन्ता व्यक्त गरिएको छ । चीन एकतर्फी प्रतिबन्ध र अमेरिकाद्वारा सञ्चालित तथाकथित ‘न्यायालय’ को कडा विरोध गरेको चिनियाँ विदेश मन्त्रीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

अघिल्लो वर्ष इरानसँग कारोबार गरिरहेका सात मुलुकहरुलाई अमेरिकाले यस विषयमा छुट दिएको थियो तर आगामी मे २ मा सो छुटको अवधि समाप्त हुनेछ । यस्तोमा अमेरिकाको सो निर्णयप्रति चीनले मात्र नभएर अन्य राष्ट्रहरुले समेत विरोध जनाइरहेका छन् । सोमबार मात्र अमेरिकी राज्य सचिव माइक पोम्पेओले मे महिनासम्मको समय अवधि सकिएपछि इरानबाट तेल खरिद गर्न जारी राख्ने राष्ट्रहरुले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

भारतले भने तत्काल यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । भारत सरकारले यसअघि नै एकलौटी प्रतिबन्धलाई मान्यता नदिने र केवल संयुक्त राष्ट्रको निर्णय मात्र पालना गर्ने बताएको थियो । साउदी अरब र इराकपछि इरान सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
इदको अवसरमा १६६ नेपालीलाई यूएई सरकारले दियो आममाफी

इदको अवसरमा १६६ नेपालीलाई यूएई सरकारले दियो आममाफी

वि.सं.२०८१ चैत १९ मंगलवार १५:५६

काठमाडौं: ईद पर्वका अवसरमा १६६ जना नेपाली बन्दीलाई संयुक्त अरब...

म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री सेनाको जहाजबाट पठाईदै

म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री सेनाको जहाजबाट पठाईदै

वि.सं.२०८१ चैत १९ मंगलवार ११:०४

काठमाडौं: नेपाल सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा...

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:५१

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं: जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ ।...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

वि.सं.२०८१ पुस १७ बुधवार ०७:३५

काठमाडौं: ग्रेगोरियन पात्रो अनुसार आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५...