YouTube Link

गोरखाको बारपाक केन्द्रबिन्दु भएर बिनासकारी भुकम्प गएको चार वर्ष पुरा

Khanepani Dhal
Facebook Link

काठमाडौं: गोरखाको बारपाक केन्द्रबिन्दु भएर बिनासकारी भुकम्प गएको चार वर्ष पुरा भएको छ । गोरखाको बारपाक केन्द्रबिन्दु बनाई ७ दशमलव ८ रेक्टर स्केलको बिनाशकारी भुकम्पमा परी ९ हजार व्यक्तिले ज्यान गुमाउनुका साथै ठुलो जनधनको क्षति भएको थियो ।

भूकम्पबाट ८ लाख २४ हजार ४ सय ५२ घर क्षति भएको थियो भने सात सय ५३ सम्पदामा क्षति पुगेको थियो । चार वर्ष भइसक्दा ८ हजार ३ सय २६ परिवारले घर निर्माण सम्पन्न गरिसकेका छन् भने दुई सय २४ बटा सम्पदा मात्र पुनर्निमाण सम्पन्न भएका छन् । भुकम्पका कारण काठमाडौं वरपरका १४ जिल्ला भूकम्पबाट अति प्रभावित भएका थिए ।

भुकम्पका कारण भत्किएका विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माण पूर्ण रुपमा हुन सकेका छैनन् भने जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउन काम अझै सकिएको छैन । राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन गरि पञ्चवर्षीय योजनाका साथ पुनर्निर्माणका लागि ९ खर्ब ३८ अब रकम आवश्यक पर्ने आकलन गरिएको थियो । त्यसमध्ये ०७४ र ७५ मा १ खर्ब ७८ अर्ब रकम खर्च भएको छ ।

चालु वर्ष १ खर्ब २३ अर्ब खर्च गर्ने लक्ष्य लिइएको छ । सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैरसरकारी संस्थाबाट २ खर्ब परिचालन हुने अपेक्षा प्राधिकरणको छ । पुनर्निर्माण सक्न थप ४ खर्ब २९ करोड रकम आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । अबको २० महिनाभित्र पुनर्निर्माण सक्ने लक्ष्यसाथ काम भइरहेको प्राधिकरणले जनाएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:२८

काठमाडौं: राजधानी भित्रिने मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४...

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:११

काठमाडौं: संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक...

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३

काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा...

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

वि.सं.२०८२ जेठ ४ आइतवार १२:३७

नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको प्रार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा...

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

वि.सं.२०८२ जेठ ३ शनिवार ११:२८

काठमाडौं: नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति, कुशल नेतृत्वकर्ता, नेपाली कांग्रेस...

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वि.सं.२०८२ जेठ १ बिहीवार १३:०१

काठमाडौं: पूर्वमन्त्री एवं नेपाली कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध...