YouTube Link

वंशजको आधारमा नागरिकता दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Khanepani Dhal
Facebook Link

काठमाडौं: सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने गृह मन्त्रालयको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले वंशजको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय तत्कालका लागि यथास्थितिमा राख्न आदेश जारी गरेको हो ।

अदालतले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने अवस्थाबारे कारण देखाउ आदेश जारी गर्दै सम्बद्ध पक्षलाई वैशाख ३ गते छलफलका लागि समेत बोलाएको छ । अधिवक्ता न्यौपानेले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्दै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिर्ने गृह मन्त्रालयको निर्णय र परिपत्र खारेज हुनुपर्ने माग दाबी गरेका थिए । न्यौपानेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सोमबार सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

गृह मन्त्रालयले गत मंगलबार (चैत १९ गते) सबै जिल्ला प्रशासन कार्यालयले पत्र लेख्दै जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्न निर्देशन जारी गरेको थियो । चैत १९ गते नै गृहमन्त्री राम बहादुर थापा (बादल)ले जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्ने भनी निर्णय गरेका थिए ।

गृहमन्त्रीको उक्त निर्णयको तराईंका जिल्लामा स्वागत भएपनि धेरै ठाउँबाट विरोध जनाइएको छ । सत्तारुढ दल नेकपा भित्रै नेताहरुले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनु अनुपयक्त भएको भन्दै विरोध जनाइरहेका छन् । गृह मन्त्रालयले जारी गरेको परिपत्र पछि बढीजसो तराईंका जिल्लामा जन्मसिद्धका सन्तालाई वंशजको आधारमा नागरिकता प्रदान गर्न थालिएको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार ११:०१

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका...

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:२३

काठमाडौं: व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी नेपाली राष्ट्रिय महिला...

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:०५

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै...

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...