YouTube Link

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चालीस लाख नाघ्यो, २ लाख ७६ हजारभन्दा बढीको मृत्यु

Facebook Link

काठमाडौं: विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वका २ सय १२ देशमा फैलिएको यो संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७६ हजार २ सय १६ पुगेको छ । ४० लाख १२ हजार ८ सय ४१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १३ लाख ८५ हजार १ सय ८४ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ५३ हजार भन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकमा १५ लाख ८१ हजार २ सय ५६ जना संक्रमित छन् । एकै दिन २७ हजार ५ सय ५६ जनामा नयाँ संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै एक हजार कम हो । युरोपका देशहरुमा अहिलेसम्म १ लाख ५० हजार ५ सय १३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६ लाख २८ हजार १ सय १३ जना उपचारपछि निको भएका छन् भने ८ लाख २ हजार ६ सय ३० जनाको उपचार भइरहेको छ ।

एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार ५ सय १ पुगेको छ । एकैदिन २ सय ९६ जनाको मृत्यु भएको छ । १६ हजार ३ सय २५ नयाँ संक्रमित थपिएसँगै ६ लाख ३४ हजार ८ सय २९ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ४९ हजार १ सय ५६ जना निको भएका छन् । २ लाख ६४ हजार १ सय ७२ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार १ सय १५ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ४१ हजार ८ सय ९६ पुगेको छ । एकैदिन ३२ हजार ५ सय ७८ जनामा नयाँ संक्रमण फेला परेको छ । अहिलेसम्म कोरोनाकै कारण ८७ हजार ५० जनाले ज्यान गुमाएका छन् । दक्षिण अमेरिकी मुलुकमा पनि एकैदिन १६ हजार ६३ जनामा नयाँ संक्रमण देखिएको छ ।

अफ्रिकी मुलुकमा ५८ हजार ९ सय ६३ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार १ सय ६० जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलिया सहित ओसियान मुलुकमा १ सय १८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ५ सय ८ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको यो महामारीको विश्वमा सबैभन्दा धेरै संक्रमण अमेरिकामा फैलिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७८ हजार ५ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ९ सय ८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख २० हजार ६ सय ९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख २२ हजार ९ सय ३५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख १९ हजार १ सय १७ जनामध्ये १६ हजार ९ सय ३१ जनाको अवस्था गम्भीर छ । अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार २ सय ९९ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार २ सय ४१ जनाको मृत्यु भएको छ । २ लाख ११ हजार ३६४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६ सय २६ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ६ सय ४९ जनामा संक्रमण देखिएको छ । १ लाख ७९ हजार ७ सय ७९ जनाको उपचार भइरहेकोमा १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...