नयाँ शैक्षिक सत्रका लागि ७५ लाख पाठ्यपुस्तक छापिए, जेठभित्र सबै विद्यालयमा पुस्तक पुर्याईने योजना
वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:२३
1.3K
shares
काठमाडौं: जनक शिक्षा सामग्री केन्द्रले आगामी नयाँ शैक्षिक सत्रका लागि विद्यालय तहका एक करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ । कक्षा १ देखि १० सम्मका यी पुस्तक ढुवानीको व्यवस्था भएमा जेठ १५ भित्रै विद्यार्थीको हातमा पुग्ने बताइएको छ । केन्द्रले बन्दाबन्दीको यस अवधिमा पनि पुस्तक छपाइको काममा निरन्तरता दिएको छ ।
पुस्तक छपाईको लागि हाल केन्द्रका दुईवटा छापाखानामा ३० जना कर्मचारी दैनिक परिचालन गरिएको छ । छपाइ भएका पुस्तक वितरणको काम समेत गरिएको जनाइएको छ । प्रत्येक वर्ष पाठ्यपुस्तक समयमा विद्यार्थीलाई उपलब्ध नहुँदा उनीहरूको अध्ययनमा समस्या आउने गरेको छ । यस वर्षका लागि अब २० लाख थान पुस्तक छपाइ गर्ने केन्द्रको योजना छ । अबको तीन सातामा पुस्तक छपाइको सबै कार्य टुङ्गोमा पुर्याउने केन्द्रको योजना छ । कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनको अवधिमा ढुवानीको सुविधा हुनसके आगामी जेठ १५ सम्म सबै विद्यार्थीको हातमा नयाँ पुस्तक पुर्याइने भएको छ ।
बन्दाबन्दीको समयमा औषधि र तरकारी जस्तै पुस्तकमा पनि ढुवानीको सुविधा दिइए जेठभित्र सबै विद्यालयमा पुस्तक पुर्याउने योजना जनक शिक्षा सामग्री केन्द्रले बनाएको छ ।
वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:२३



















