YouTube Link

बलिउडमा स्थापित भएका ९ पाकिस्तानी कलाकार, भारतमा प्रतिबन्ध लागेपछि के गर्दैछन् ?

Facebook Link

एजेन्सी – भारत प्रशासित कश्मिरमा गत हप्ताको बिहिबार भएको आत्मघाती हमलापछि भारतीय पक्षले पाकिस्तानप्रति देखाएको आक्रोशको सिकार पाकिस्तानी कलाकार बनेका छन् ।

पुलवामा भएको सैनिक आत्मघाती हमलापछि पाकिस्तानी कलाकारहरुलाई बलिउडमा काम गर्न रोक्न माग गरिएको थियो ।

आइतबार फेडेरेशन अफ वेस्ट इन्डिया सिने इम्प्लोइज् (Federation of Western India Cine Employees) , इन्डियन फिल्म एण्ड टेलिभिजन डाइरेक्टरस् एसोसियसन (Indian Flim & Television Director’s Association) (IFTDA) लगायत २४ फिल्म संघले र्यालीको आयोजना गरेर बलिउडमा पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाउन माग गरेका थिए ।

यसैबीच अल इन्डिया सिने वर्कर्स एसोसिएशन (AICWA)ले पाकिस्तानी कलाकारलाई भारतमा पूर्ण प्रतिवन्ध लगाएको छ । भारतमा अब पाकिस्तानी कलाकारसँग काम गरेमा कम्पनीलाई सजाय दिने व्यवस्थासमेत गरिएको छ ।

भारतमा प्रतिबन्धित भएपछि पाकिस्तानी कलाकारले भारत छोडेका छन् । भारत छोडेपछि के गर्दैछन् त ती कलाकार ?

आतिफ असलम 

बलिउडमा थुप्रै गीत गाएर चर्चामा रहेका लोकप्रिय गायक आतिफ असलमको युट्युब एकाउन्ट म्युजिक कम्पनीले टी–सीरीजबाट हटाइदिएको छ । यद्यपि उनका गीतहरु अन्य एकाउन्टबाट युट्युबमा अझै सुन्न र हेर्न सकिन्छ । म्युजिक कम्पनीले भारत र पाकिस्ताबीचको हालको द्वन्द्वको कारण टी–सीरीजबाट आतिफको गीत हटाएको जानकारी दिएको छ ।

आतिफ बलिउडमा आउनुअघि उनी गोहर मुमताजको ‘जल ब्यान्ड’ मा काम गर्थे । उनी पहिलो एल्बम ‘आदत’ बाट रातारात चर्चित भएका थिए ।

फवाद खान 

पाकिस्तानबाट प्रसारण हुने विभिन्न टेलिसिरियलबाट लोकप्रियता कमाएका फवाद खान फिल्म ‘ए दिल है मुश्किल’ बाट बलिउडमा पनि चर्चित बनेका थिए ।

बलिउड छोडेपछि उनी अहिले आफ्नी पत्नीसँग क्लोथिङ ब्रान्ड ‘सिल्क’ मा काम गरिरहेका छन् जुन सामाजिक सञ्जालमा निकै लोकप्रिय छ । साथसाथै उनी पाकिस्तानी रियालीटी शो ‘पेप्सी ब्याटल अफ ब्यान्ड्स’ मा निर्णायकको भूमिकामा काम गरिरहेका छन् ।

इमरान अब्बास ाकिस्तानी सिरियलमा काम गरिसकेका इमरान अब्बासले बलिउडमा ‘क्रियचर घम्’ बाट आफ्नो स्थान बनाएका थिए । उनले पछिल्लो पटक ‘ए दिल है मुश्किल’ मा काम गरेका थिए । बलिउड छोडेपछि उनी पाकिस्तानी चर्चित शो ‘मोहब्बत तुमसे नफरत है’ मा काम गरिरहेका छन् । उनी हाल हलिउड प्रवेश गर्ने तयारीमा रहेका छन् ।

सबा कमर 

सन् २००५ मा पाकिस्तानी टीवी शो ‘मै औरत हुँ’ बाट डेब्यु गरेकी सबाले बलिउडमा फिल्म ‘हिन्दी मीडियम’ बाट प्रवेश गरेकी थिइन् । उनी बलिउड छोडेपछि पाकिस्तानी वेब सीरिज ‘बागी’ मा काम गरिरहेकी छिन् ।

सजल अली

स्वर्गीय अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म ‘मम’ मा छोरीको भूमिका निर्वाह गरेकी सजल अहिले पाकिस्तानको लोकप्रिय शो ‘ओ रंग रेजा’ मा काम गरिरहेकी छिन् । उनको करियरको सुरुवात २००९ को टीवी शो ‘नादानिया’ बाट भएको थियो ।

अली जफर

बलिउड अभिनेत्री आलिया भट्टसँग ‘डियर जिन्दगी’ मा काम गरिसकेका अभिनेता अली जफरले भर्खरै पाकिस्तानी फिल्म ‘तीफा इन ट्रबल’ पूरा गरेका छन् । साथै कोक स्टूडियोको सीजन १० मा गीत गाइरहेका छन् ।

माहिरा खान

बलिउड किङ्ग शाहरुख खानसँग फिल्म ‘रईस’ बाट बलिउडमा डेब्यु गरेकी माहिरा अहिले पाकिस्तानी फिल्ममा काम गरिरहेकी छिन् । उनले करियरको सुरुवातमा ‘एमटीवी मोस्ट वान्टेड’ र ‘वीकेन्ड विथ माहिरा’ होस्ट गरेकी थिइन् ।

राहत फतेह अली खान

गायक राहत फतेह खान अहिले दुबईमा भइरहेको कोक स्टुडियोको सीजन १० को रेर्कडिङ गरिरहेका छन् । आतिफसँगसँगै राहत फतेह अली खानको पनि गीत म्युजिक कम्पनीको टी–सीरीजको युट्युब एकाउन्टबाट हटाइदिएको छ । बलिउडमा आफ्नो आवाजको जादू चलाइरहेका राहत फतेहले पाकिस्तानी फिल्ममा समेत काम गरिसकेका छन् ।

मावरा होकेन 

फिल्म ‘सनम तेरी कसम’ मा मावराले निभाएको भूमिकालाई धेरैले मन पराएका थिए । उनले भर्खरै एलएलबी पास गरेकी छिन् । बलिउडपछि उनी अहिले पाकिस्तानी शो ‘शम्मी’ मा काम गरिरहेकी छिन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...